सुवासले जिते टुरिजम एमेच्योर गल्फ



Exif_JPEG_420

सुवास तामाङले नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि बिहीबार जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा सुवासले ५४ ओभर होलको खेलमा टासी छिरिङलाई १३ स्ट्रोकले पछि पारेर उपाधि जितेका हुन् । सुवासले १० अन्डर २ सय ८ को कुल स्कोरमा थ्री–अण्डर ६९ को राउन्ड कार्ड बनाए भने टासी तीन ओभर २ सय १९ को कुल स्कोरका साथ दोस्रो स्थानमा रहे ।

टासीले ७३ बढी स्कोर गरे । वाञ्चेन धोन्डुप पाँच ओभर २ सय २१ र बराबरी पार ७२ स्कोर बनाएर तेस्रो भए । कतारका सेलाह अली लकाबी ६ ओभर ७८ मा आठ ओभर २ सय २४ स्कोर बनाएर चौथो र सद्भाव आचार्य पाँचौं स्थानमा रहे । सद्भावले ९ ओभर २ सय २५ मा ५ ओभर ७७ स्कोर बनाए । यो प्रतियोगिता विश्व एमेच्योर वरीयताको गल्फ प्रतियोगिता समेत हो ।

महिलातर्फ कश्मिरा शाहले १५ ओभर ८७ को खराब राउण्ड खेले पनि २४ ओभर २ सय ४० को कुल स्कोरका साथ पहिलो भइन् । सुष्मा सिग्देलले ४५ ओभर २ सय ६१ स्कोर जोडेर उपविजेता भइन् । बिहीबार १३ ओभर ५ स्कोरको कुल स्कोरमा ४७ ओभर २ सय ६३ स्कोर बनाएर सोनिया अख्तर तेस्रो भइन् । रिंकी अख्तर ५१ ओभरको कुल स्कोरका साथ चौथो, १९ ओभर ९१ राउन्ड खेलेकी प्रतिभा राई पाँचौ स्थानमा रहिन् । ५२ ओभर २६ को कुल स्कोरमा उनले बिहीबार २३ ओभर ९५ को राउन्ड खेले ।

१८ होल स्टेबल फोर्डमा खेलिएको खेलमा नोर्बु छिरिङ शेर्पाले ३९ अंकसहित पहिलो भए । धुन्दुल नामग्याल ३५ अंकसहित दोस्रो भए । महिलामा आइस्टिन टन्डन विजेता र अर्सिया बानो दोस्रो भइन् । सिनियर्सतर्फ सुरेश बानियाँ पहिलो र एमबि राउत दोस्रो भए । जुनियरमा अभिमन्यु कार्की विजयी भए । सालेह अली लकाबी लङ्गेस्ट ड्राइभ र डा. मुकेश जोशीले क्लोसेस्ट टु दि पिनको उपाधि जिते ।

५४ होल इभेन्टमा जम्मा ३४ गल्फरले सहभागिता जनाएका थिए । नेपाल गल्फ संघले नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा आयोजना गरेको प्रतियोगितामा गोकर्ण फरेस्ट रिसोर्ट, केइएलएमई, काल्र्सबर्ग, होटल रोयल सिंगी र आइएमएसको पनि सहयोग रहेको थियो ।
विजेताहरूलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपालका लागि कतारका राजदूत महामहिम युसुफ बिन मोहम्मद अल हेल, एनजीएका अध्यक्ष टासी घले, उपाध्यक्ष तिलक राई र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेलगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्