बेन्जेमाले जिते पिचिचि अवार्ड



लन्डन।

स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमालाई पिचिची अवार्ड जितेका छन् ।स्पेनिस पत्रिका मार्काले गत सिजन ला लिगामा सर्वाधिक गोलकर्ता रहेका बेन्जेमालाई बुधबार राति यो ट्रफी प्रदान गरेको हो । बेन्जेमाले गत सिजन ला लिगामा ३२ खेलमा २७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए । गत सिजन रियल मेड्रिडले कीर्तिमानी ३५औं पटक ला लिगाको उपाधि जित्दा कप्तान बेन्जेमाले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

बेन्जेमाले ला लिगा २०२१–२२ मा उत्कृष्ट खेलाडीको लागि अल्फ्रेडो डि स्टेफानो ट्रफी पनि जितेका थिए । साथै बेन्जेमाले समर्थकको मनपर्ने खेलाडीको रुपमा एमभीपी ट्रफी पनि जितेका थिए । अल्फ्रेडो डि स्टेफानोले मलाई सधैं मेरो सपनामा विश्वास गर्न र रियलमा बिताएका हरेक पलको आनन्द लिन सिकाएको बेन्जेमाले अवार्ड जितेपछि बताए । बेन्जेमासँगै प्रशिक्षक कार्लाे एन्सेलोटी र लुनिनले पनि अवार्ड जितेका छन् । पिचिची ट्रफी अर्जेन्टिनी लियोनेल मेस्सीले सर्वाधिक ८ पटक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्