गठबन्धन दल सिट बाँडफाँट सहमति नजिक



काठमाडौं ।

सत्ता गठबन्धनमा रहेका दलहरू आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि सिट बाँडफाँट सहमतिको नजिक पुगेका छन् । गठबन्धनबीच नेपाली कांग्रेसले ८६, नेकपा माओवादी केन्द्रले ४५, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टी (जसपा) नेपालले १५ र राष्ट्रिय जनमोर्चाले २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र लिनेगरी सहमति जुट्न लागेको हो । नौ वटा क्षेत्रमा कसले कुन लिने दिने भन्ने सहमति अझै जुट्न नसकेको कारण केही जिल्लामा कसले लिने भन्ने बारे अझै आधिकारिक निर्णय आइसकेको छैन । सिट बाँडफाँटका लागि गठित कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदल स्रोतका अनुसार कांग्रेसले ८६ सिटमा सहमति जनाएको छ ।

नेपाली कांग्रेस

नेपाली कांग्रेसले प्रदेश १ मा पाँचथर, इलाम–२, झापा–१, झापा–३, झापा–४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १, २, ३ र ६, सुनसरी–२, ३ र ४, ओखलढुंगा र उदयपुर–१ लिनेगरी सहमति भएको छ । नेपाल समाचारपत्रलाई प्राप्त सूचीअनुसार मधेश प्रदेशमा कांग्रेसले सप्तरी–३, सप्तरी–४, सिराहा–१ र २, धनुषा २, ३ र ४, महोत्तरी–२ र ३, सर्लाही–४, बारा–१, पर्सा–३ र ४ लिने भएको छ । त्यस्तै, बागमती प्रदेशमा दोलखा वा रामेछाप–१, सिन्धुली–१, रसुवा, धादिङ–२, काठमाडौं–१, ३, ४, ५, ६, १०, भक्तपुर– १ र २, ललितपुर–१, काभ्रे–२, सिन्धुपाल्चोक–२, मकवानपुर–१, चितवन–१ र २ लिने भएको छ । त्यस्तै, गण्डकी प्रदेशमा कांग्रेसमा गोरखा–१, मनाङ, कास्की, तनहुँ–१ र २, स्याङ्जा–१ र २, नवलपरासी पूर्व–१ र २, मुस्ताङ, म्याग्दी, पर्वत लिने सहमति गरेको छ । लुम्बिनी प्रदेशमा गुल्मी–१, पाल्पा–१, अर्घाखाची, रुपन्देही–३, ४ र ५, कपिलवस्तु–२ र ३, बाँके–३, दाङ–३, बर्दिया–१, नवलपरासी पश्चिम २ कांग्रेसले लिने भएको छ । त्यस्तै, कर्णाली प्रदेशमा मुगु, दैलेख–१ र २, सुर्खेत १ र २ कांग्रेसको भागमा परेको छ। सुदूरपश्चिम प्रदेशमा भने बाजुरा, अछाम–२, कैलाली–१, ४ र ५, दार्चुला, डडेल्धुरा, कञ्चनपुर–२ र ३ कांग्रेसले लिने भएको छ ।

नेकपा (माओवादी) केन्द

सहमतिअनुसार माओवादी केन्द्रले प्रदेश १ मा ताप्लेजुङ, झापा–२, झापा–५, भोजपुर, मोरङ–४, मोरङ–५, सोलुखुम्बु, खोटाङ, उदयपुर–२ लिने भएको छ । यसमध्ये खोटाङ र उदयपुर–२ मा भने एकीकृत समाजवादीले पनि दाबी गरेको छ ।

प्रदेश २ मा सिरहा–३, धनुषा–१, महोत्तरी–१, सर्लाही–२ र ३ माओवादील्े लिने भएको छ । सर्लाही–२ मा जसपाले पनि दाबी गरेको छ । बागमती प्रदेशमा दोलखा वा रामेछाप–१ मध्ये एक लिने बताइएको छ । त्यस्तै, सिन्धुली–२, नुवाकोट–१, धादिङ–१, काठमाडौं–२, काठमाडौं–९, काभ्रे–१, सिन्धुपाल्चोक–१ र चितवन–३ माओवादीले लिने भएको छ । धादिङ–१ मा भने एकीकृत समाजवादीले पनि दाबी गरेका छ ।

त्यस्तै, गण्डकी प्रदेशमा गोरखा–२, लमजुङ, कास्की ३ वा १ र बाग्लुङ–२ माओवादीलाई दिने सहमति भएको छ । लुम्बिनी प्रदेशमा रुपन्देही–१, कपिलवस्तु–१, रुकुम पूर्व, रोल्पा, दाङ–२, बाँके–१, बर्दिया–२, नवलपरासी पश्चिम–१ माओवादीले लिने भएको छ । जसमा रुपन्देही–१ र नवलरासी पश्चिम–१ मा नेपाली कांग्रसको पनि दाबी छ ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रले सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम लिने भएको छ । सल्यानमा नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेको छ । त्यस्तै, सुदूरपश्चिममा अछाम–१, कैलाली–२, कैलाली–३, बैतडी, कञ्चनपुर–१ माओवादीले लिने भएको छ । अछाम–१ मा एकीकृत समाजवादीको पनि दाबी रहेको छ ।

एकीकृत समाजवादी

एकीकृत समाजवादीले १७ सिटमा दाबी गरेको छ । जसमध्ये इलाम–१, रौतहट–१, बारा–४, धादिङ–१, काठमाडौं–८, ललितपुर–२, मकवानपुर–२, कास्की–२, गुल्मी–२, पाल्पा–२, रुपन्देही–२, दाङ–१, डोल्पा, दैलेख–१, अछाम–१, बझाङ र डोटीमा समाजवादीले लिने भएको छ ।

जनता समाजवादी पार्टी

जसपाले १६ सिट लिनेगरी सहमति भएको स्रोतले जानकारी दिएको छ । जसअनुसार सुनसरी–१, सप्तरी–१, सिराह–४, धनुषा–३, महोत्तरी–३ र ४, सर्लाही–१, रौतहट–३, बारा–३, पर्सा–१ र २, काठमाडौं–७, बाँके–२, रुपन्देही–१ र सप्तरी–२ जसपाले लिनेगरी सहमति भएको छ । जसमध्ये धनुषा–३ र महोत्तरी ३ मा कांग्रेसको पनि दाबी छ । त्यस्तै रुपन्देही ३ मा माओवादी केन्द्रको दाबी छ । राष्ट्रिय जनमोर्चाले भने बागलुङ–१ र प्युठान लिने भएको छ ।
त्यस्तै प्रतिनिधिसभाका १ सय ६५ मध्ये ९ निर्वाचन क्षेत्रमा दलहरुले दोहोरो दाबी गरेका कारण तालमेल टुंगिन बाँकी रहेको छ । अछाम–१, बारा–४, धादिङ–१, सल्यान, नवलपरासी पश्चिम, रुपन्देही–१, धनुषा–३, महोत्तरी–३ र दैलेख–१ मा दलहरुले दोहोरो दाबी गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्