समानुपातिक प्रणालीमा कांग्रेसले कहिल्यौ नसमेटेको ओखलढुंगा



आगामी मंसिर ४ मा हुने निर्वाचनाक लागि निर्वाचन आयोगले तोकेको समयसिमाभित्र बन्दसूची बुझाएको नेपाली कांग्रेसले ओखलढुंगालाई समेट्न सकेन् । प्रजातान्त्रीक आन्दोलनमा विशेष पहिचान बनाएको ओखलढुंगालाई समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था सुरुभएदेखि हालसम्म कांग्रेसले बेवास्था गरेको हो ।
५६ जना सहितहरुले साहदात प्राप्त गरेको जिल्ला ओखलढुंगालाई नेतृत्वले समानुपातिकमा समेट्न नसकेको जिल्लाका नेताहरुले गुनासो गरेका छन् । कांग्रेसको आन्तरिक समस्याका कारण लामो समयसम्म चुनाव जित्न नसकेको यो जिल्लामा यसपटक पनि विवाद कायमै छ ।

समानुपातिकको बन्दसुचीमा समेत कुनै नेताहरुको नाम नसमेटिएपछि आत्रिक विवाद अझै चुलीने अवस्था आएको छ । समानुपातिक प्रणलीमा समावेश गर्न भन्दै जिल्ला र प्रदेशबाट आएका नामहरुका सन्दर्भमा पार्टी नेतृत्वले एक पटक जिल्लाका नेताहरुलाई नसोधी नाम कटाउदा जिल्लाको पार्टीसंरचनामा समस्या देखिएको सभापति तेजेन्द्र खनालले बताउनुभयो । उहाँले भन्नुभयो,–‘लामो समयसम्म संसदमा प्रतिनिधित्व नभएको ओखलढुंगा जस्तो सहिदभूमिबाट यस पटक नेतृत्वले सांसदको सूचीमै पर्नेगरी समानुपातकि बन्द सूची पेश गर्ने अपेक्षा थियो ।’ तर यस पटक पनि बन्दसूचीबाट बाहिरिनु पार्टीका लागि दुर्भाग्य भएको खनालको भनाइ छ । यसले जिल्लाका राजनीतिमा देखिएको तिक्ततालाई बढावा दिने खनालले बताउनुभयो । यो घटनाले प्रत्यक्ष तर्फको उम्मेदवारलाई समेत असर पर्ने देखिएको छ ।

खास गरी कांग्रेसको वर्तमान संस्थापन पक्षका नेताहरुले इतर पक्षका नेताहरुलाई सिध्याउने र अरु दलका उम्मेदवारहरुलाई जिताउन सहयोग गर्ने निति लिएपछि डेढ दशकयता कांग्रेसले निर्वाचन जित्न सकेको छैन् । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनदेखि नै ओखलढुंगाबाट संसदमा कांग्रेसको उपस्थिति न्यून छ । त्यसबेला दुइवटै निर्वाचन क्षेत्रबाट माओवादीले जितेको थियो । २०७० को निर्वाचनमा रामहरी खतिवडाले संसदमा प्रतिनिधित्व गरेपनि संघीयता कार्यन्वायपछि कायम रहेको एउटा संघीय निर्वाचन क्षेत्रबाट ०७४ मा एमालेले जितेको थियो । त्यसबेला कांग्रेसकै जिल्ला तहका नेताहरुले एमाले नेता यज्ञ सुनुवारलाई सहयोग गरेर जिताएको नेताहरु बताउँछन् ।

समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था आएदेखिने ओखलढुंगा पछि परेको नेपाली कांग्रेसका नेता बालकृष्ण दाहालले बताउनुभयो । उहाँ ०६४ र ०७० को संविधानसभा निर्वाचनमा प्रत्येक्षमा चुनाव भाग लिएर पराजित हुनुभएका हो । अन्तरिक संविधान २०६३ ले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीमा अहिलेसम्म ओखलढुंगाले स्थान नपाएको उहाँले जानकारी दिनुभयो । ‘प्रत्यक्ष निर्वाचन प्रणलीमा पार्टीले हारवेहोर्नु परेको एउटा कारण समानुपातिमा नपर्नु पनि हो ।’ दाहालले भन्नुभयो ।

यस पटकको सूचीकरणकाबेला नाम पठाएपनि पार्टीले हालसम्म समानुपातिक तर्फको सांसद बनाउन नसकेको उहाँको भनाइ छ । आगामी २०७९ मंसिर ४ मा हुने निर्वाचनका लागि पनि केही महत्वपूर्ण र लामोसमयसम्म पार्टी राजनीतिमा जिवन विताएका साथिहरुको नाम पठाएको तर केन्द्रले एकजनाको पनि नाम बन्दसूचीमा नअटाएको भन्दै दाहालले निर्णय सच्याउन नेतृत्वप्रति आग्रह गनुभयो । कांग्रेसको किल्ला भनेर चिनिीने ओखलढुंगा जिल्लालाई पार्टी नेतृत्वबाट निरन्तर बेवास्था गर्दा पार्टी संगठनमा ठूलो क्षति पुगेको उहाँको भनाइ छ ।

दाहालले पार्टीका महामन्त्री गगन थापालाई भेटेर समानुपातिक सूचीमा संघीय र प्रदेश दुवैमा प्रतिनिधित्व अनिवार्य गराउन ध्यानाकर्षण गराएको बताउनुभयो । जिल्ला र प्रदेश समितिबाट समेत सांसद बन्नेगरी समानुपातिकको सूचीमा समावेश गर्न सिफरिस गरेका नेताहरुलाई चूची बुझाउँनेबेला नाम हटाएको भन्दै जिल्लाका नेताहरु आक्रमेशीत बनेका छन् ।

समानुपातिक सूचीमा पर्ने विश्वासमा बस्नुभएकी पूर्व जिल्ला सभापति गोमा केसीले समानुपातिकमा ओखलढुंगाको प्रतिनिधित्व नभए आफु विद्रोही उम्मेदवार बन्ने उद्घोष गर्नुभएको छ । नेपाली कांग्रेस ओखलढुंगाले महामन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा केसीले जहिले पनि ओखलढुंगालाई अपमान मात्रै गर्ने हो भने र कांग्रेसभित्र एउटै गुटका नेताहरुले मात्रै अवसर पाइरहने हो भने आफु चुप लागेर नबस्ने बताउनुभयो । उहाँले महामन्त्री थापालाई साच्छी राख्दै भन्नुभयो,‘ ओखलढुंगा प्रजातान्त्रीक आन्दोलनको अगुवाइ गर्दा शहिदै शहिदको रगतले सिंचित जिल्ला हो ।

समानुपाति निर्वावच प्रणाली आइसकेपछि पार्टीले एक पटक पनि समानुपातिकमा ओखलढुंगालाई समेटेको छैन् । के समानुपातिक नेताका श्रीमति र आफन्तहरुका लागि मात्रै हो ? त्यसो हो भने आगामी निर्वाचनमा मेरो स्वतन्त्र उम्मेदवारी रहन्छ र प्रदेशसभामा समेत गठबन्धनका विरुद्धमा उम्मेदवारी उठाउछौं ।’ गठबन्धनका नाममा पार्टीले सहज जित्ने क्षेत्रहरुमा नेतृत्वले अरु दलहरुलाई दिए र सधै टिमका नाममा राजनीति गरिरे त्यस विरद्ध उठ्ने उहाँले जिल्ला नेतृत्वदेखि केन्द्रिय नेतृत्व सम्मलाई चुनौती दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्