प्रतितोला १२ सयले बढ्यो सुनको भाउ, चाँदीको कति ?



काठमाडौं।

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रुपियाँले बढेको छ । बुधबार प्रतितोला ९१ हजार ६ सय रुपियाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार आठ सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो प्रतितोला ९१ हजार एक सय रुपियाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छ ।

यस्तै, बजारमा आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपियाँ बढेको छ । बुधबार प्रतितोला एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्