टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ



कास्की।

पोखरा महानगरपालिका–२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग.१ क ५१५५ नम्बरको टिपर चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–१९ बोरीचोक बस्ने २० वर्षीय मनिस परियार छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

क्रसर उद्योगको टिपर चोरी गरी पोखरातर्फ ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले सोही महानगरपालिका–१ सिमपानीबाट उनलाई टिपर सहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्