लिङदेन–मिश्र मिलनले राप्रपाको एजेण्डामा बल थपिदै



काठमाडौँ।

चुनावको संघारमा राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रबीच मिलन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र मिश्रबीच बुधबार एकता भएको हो ।

काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भयो । यो सँगै राप्रपामा चुनावी तागत थपिएको नेताहरुले बताएका छन ।

एकता घोषणापत्रमा हस्ताक्षर गर्दै शीर्ष नेताहरुले संवैधानिक राजतन्त्रको पर्नस्थापना र धर्म निरपेक्षताको खारेजीमा सहमति जनाएका छन् । यी दुई मुद्दामा दुबैपक्ष सहमत रहेको भन्दै उनीहरुले राप्रपाको एजेण्डामा थपिएको बताए । विश्वासिलो र बलियो ‘सम्बद्र्धनवादी राष्ट्रवादी’ शक्तिको आवश्यक रहेकाले आफूहरु एक ठाउँ आइपुगेको उनीहरुले जनाए । संवैधानिक राजतन्त्रको पुर्नस्थापना र धर्म निरपेक्षताको खारेजी राप्रपाको एजेण्डा भएकाले यो एजेण्डामा पुग्नका लागि हाम्रो एकताले बल पुर्याएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो ।

पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुनुभयो । पार्टी प्रवेश गर्दै उहाँले संवैधानिक राजतन्त्रको पुर्नस्थापना र धर्म निरपेक्षताको खारेजी राप्रकाको एजेण्डासँग मेरो पनि एजेण्डा मिलेकाले व्यवस्था परिवर्तन गर्नका लागि बल पुग्दै गएको बताउनुभयो ।

राप्रपाको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाउनुभएका मिश्रले पार्टी एकताका लागि नाम र चुनाव चिह्नमा अल्झिन नहुने बताउनुभयो । उहाले भन्नुभयो, ‘ तराजु छाडेर हलो बोक्ने निर्णय गरे । ६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने हलो बोक्न मलाई केही लाज छैन ।’

पर्टी एकता कार्यक्रममा अध्यक्ष लिङ्देनले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गर्नुभयो । चुनाव नजिकीदै गर्दा नागरिकले विश्वासिलो विकल्प खोजिरहेको भन्दौ उहाँले राप्रपा बलियो विकल्प रहेको बताउनुभयो । पर्टीमा रवीन्द्र जी जस्ता व्यक्ति भित्रीदैगर्दा पार्टीमा बल थपिदै गएको उहाँको भनाइ छ । ‘राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ’ उहाँले थप्नुभयो, ‘मतदाताले विश्वासिलो विकल्प खोजिरहेको छ । विकल्प खोजिरहेको मतदाताको नजरमा राप्रपा परेको छ ।’

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले निर्वाचित हुन्छन् भन्ने कसैले नसोचेको भन्दै लिङ्देनले राप्रपाको पनि त्यस्तै अवस्था हुने दावी गर्नुभयो । राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक पटक हारेकाले नेता कार्यकर्तामा उत्साह नदेखिएपनि आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट पार्टीका सबै तहमा उत्साह आउनेगरी गरिणा निस्कने लिङ्देनले बताउनुभयो ।

उहाँले पार्टीका नेता कार्यकर्तालाई चुनाव क्षेत्रमा जान र उम्मेदवारी घोषणा गर्न पनि आग्रह गर्नुभयो । देशका १६५ वटै प्रतिनिधिसभा र ३३० प्रदेशसशभमा उम्मेदवारी दिने भन्दै लिङ्देनले भन्नुभयो ‘विजय हाम्रो सम्मुख छ । मुलुकले विकल्प खोजिरहेको छ । आगामी चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले नै राप्रपालाई मत दिने उहाँको कार्यकर्तालाई आश्वस्थ पार्नुभयो ।

मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन गर्न एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउने सहमतिमा हस्ताक्षेर भएको छ ।

त्यस्तै प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल बनाइएको छ । मिश्रसँगै बागमती प्रदेशकी पूर्व सांसद शोभा शाक्य समेत राप्रपामा प्रवेश गनुभएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्