सुनको मूल्य बढ्यो, चाँदीको घट्याे



काठमाडौं।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २०० रुपियाँले बढेको जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपियाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९०० रुपियाँमा कारोबार भएको थियाे ।

यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । महासंघले बुधबार चाँदीको मूल्य तोलामा ५ रुपियाँले घटेर ११ सय ४५ रुपियाँ कायम भएको जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपियाँ थियो ।

प्रतिक्रिया दिनुहोस्