साकुरा नाइट हुने



अस्ट्र्रे लियामा रहेको डी ब्वाइज इभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेसनले अस्टझेलियाको विभिन्न सहरमा साकुरा नाइट सिजन–५ आयोजना गर्ने भएको छ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसअघि नेपाल र जापानमा चार पटकसम्म भइसकेको साकुरा नाइटको सिजन ५ यसपटक ११ देशमा हुने आयोजक वासुदेव लामिछानेले जानकारी गराए।

क्यानबेरा, सिड्नी, मेलवर्न र पर्थलगायतका सहरमा कम्तिमा सात शोको तयारी भइरहेको अस्ट्रेलियाका लागि आयोजकले जानकारी गराएका छन्। डिसेम्बर १३ देखि २१ तारिखसम्म हुने कार्यक्रम अष्ट्रेलियापछि जापान, दुबई, कोरिया, न्युजिल्यान्ड, युरोप, युके, क्यानडा, अमेरिका र नेपालमा पनि हुने जनाइएको छ।

साकुरा नाइट सिजन ५ मा प्रशान्त तामाध्र, सन्दीप क्षेत्री, शिव परियार, नरेश भद्मराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली, समीक्षा अधिकारीलगायतका कलाकार रहने आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्