खाद्यले तोक्यो खसीबोकाको बिक्री मूल्य



काठमाडौं ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसीबोका र च्याङग्राको मूल्य तोकेको छ । बुधबारदेखि बिक्री गर्नेगरी खाद्यले व्यापारीको भन्दा प्रतिकिलो ५० रुपियाँसम्म सस्तो मूल्य तोकेको हो ।

खसीको बिक्री मूल्य प्रतिकिलो ६ सय ८० रुपियाँ तोकिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाले बताए । उक्त मूल्यमा १० रुपैयाँ छुट दिइनेछ ।

च्याङग्रो मूल्य १२ सय ६० रुपियाँ तोकिएको छ । प्रतिकिलो १० रुपियाँ छुटसहित उपभोक्ताले १२ सय ५० रुपियाँमा किन्न पाउनेछन् । छुट दिँदा खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपियाँ पर्ने बताइएको छ । खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोकै ५० रुपैयाँ सस्तो हो ।

चौपाया खरिद बिक्री सेवा संघले मंगलबार लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ८० देखि ७ सय १० रुपियाँ तोकेको थियो । च्याङग्रा प्रतिकिलो १३ सय रुपियाँ तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्