नेपालको राजनीतिक अवस्था



इतिहासले बताउँछ कि २००४ सालमा उमेर पुगेका सबैले भोट गर्न पाउने हकका अतिरिक्त मुलुकको नयाँ विधानको ऐन श्री ३ पद्म शमशेरबाट शुरुवात गरेको पाइन्छ ।

पुनः श्री ३ मोहन शमशेरले प्रत्येक जिल्लाबाट आफूले रोजेका व्यक्तिहरुलाई मनोनीत गरी राष्ट्रसभाका साथै भारदारी सभाबाट केन्द्रीय सभा गठन गरेको, २००७ सालको सफल क्रान्तिपछि राणा शासनको अन्त्य भइसकेको अवस्थामा श्री ५ त्रिभुवनले शाही घोषणामार्फत दुनियाँले छानेको विधान परिषद्ले खडा गरेको विधानबमोजिम शासित हुने गरी गणतन्त्रात्मक संविधानसभाको चुनाव आह्वान गरेको, मोहन शमशेरको नेतृत्वमा गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालासमेत रहेको अन्तरिम सरकार गठनपश्चात् बी.पी.को इन्कारीका कारण तत्काल संविधानसभा चुनाव हुन नसकेको पाइन्छ । राणालाई हटाई कांग्रेसको एकमना सरकार गठन गर्ने बी.पी.को मनसाय र प्रधानमन्त्री पदबाट राजासँग सल्लाह नगरी राजीनामा गर्नु एक परिवारबाट अर्को परिवारमा सत्ता सार्ने खेलको उदय मात्र थियो । यसै कारण राजा त्रिभुवन र बी.पी.बीच समझदारी घट्दै गएको इतिहास साक्षी छ ।

२००८ सालमा मोहन शमशेरलाई हटाई ९ महिनापछि श्री ५ त्रिभुवनबाट बी.पी.का दाजु मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाई १४ जनाको एकमना सरकार गठन गरकोे देखिन्छ । पुनः पार्टी सभापति र प्रधानमन्त्री एकैजना व्यक्ति हुनुहुँदैन भनी बी.पी.ले विवाद शुरु गरेपछि ९ महिनापछि २००९ सालमा कांग्रेस महाअधिवेशन भयो । जसमा २ दाजुभाइलाई मिलाउन भारतबाट जयप्रकाश नारायण आएर पार्टी सभापति बी.पी. कोइराला र प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले आ–आफ्नो ढंगबाट स्वतन्त्र रुपले विनाहस्तक्षेप सञ्चालन गर्ने गरी विवाद सुल्झाइयो । यसले पनि बी.पी.लाई सन्तोष भएन, मन्त्रिमण्डलबाट आफ्ना मान्छेहरुलाई राजीनामा गर्न लगाए ।

सत्ता विवाद शुरु भयो, जसले गर्दा विशालनगरमा महासमिति भयो । सम्पूर्ण अधिकार पार्टीमा हुने गरी बैठक सम्पन्न भएर मातृकाप्रसाद कोइराला कांग्रेस पार्टीबाट राजीनामा गर्न बाध्य भए र अर्को राष्ट्रिय प्रजा परिषद् पार्टी गठन गरी नेपाली कांग्रेसबाट पन्छिए । यसरी हेर्दा सत्तामोहका कारण संविधानसभाको विषय नै हराएर गएको देखिन्छ । गणतन्त्रात्मक संविधान बनाउने राजा त्रिभुवनको इच्छा बी.पी.का कारण अलमलिएको र राजा र कांग्रेस मिली राणा शासनलाई जुन उद्देश्यले फालेका थिए सबै ओझेलमा परेको देखिन्छ ।शहीद गंगालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराज शास्त्रीसँगै फाँसी दिने भनिएका प्रजापरिषद्का टंकप्रसाद आचार्यले ब्राह्मण भएको कारण मृत्युदण्डको सट्टा आजीवन कारावासको सजाय भोगेका थिए । राजा त्रिभुवनको देहावासनपछि महत्वाकांक्षी राजा महेन्द्रबाटै अन्तरिम सरकारका प्रधामन्त्री नियुक्त भएका र सोही अवधिमा तीनधारा पाठशालाको चउरमा भाषणको क्रममा ऋषिकेश शाहबाट संविधानसभाको चुनाव या संसद्को चुनाव भन्ने द्वैध कुराको उठान भएको र अन्तरिम सरकारको शृङ्खला बढ्दै गयो ।

प्रधानमन्त्री डा. के.आई. सिंह, गुन्जमान सरदार बन्दै गए । मुख्य विषय संविधानसभामा विवाद बढ्दै गयो । बी.पी.ले हत्याएको नेपाली कांग्रेस अन्तरिम अवस्थामा सत्तामा पुग्न सकेन । संविधानसभाको चुनावको निमित्त सत्याग्रहमा जाने निर्णय भयो । नेताहरुबीचको अन्तद्र्वन्द्वले संविधानसभा रोकिएको र राजाप्रदत्त संविधानबमोजिम नेपाली कांग्रेस, प्रजापरिषद्, राष्ट्रिय कांग्रेसको संयुक्त मोर्चा र राजा महेन्द्रबीच सम्झौता भयो । राजाले संविधान दिने, संसद्को चुनाव हुने, संयुक्त सरकार बन्ने, चुनाव पार्टीहरुले लड्ने आदि विषय नेपाली कांग्रेसको २०१४ सालमा वीरगन्जमा भएको अधिवेशनले अनुमोदन ग¥यो । राजा महेन्द्रले संविधान दिए ।

२०१५ सालमा नेपाली कांग्रेसका नेता सुवर्ण शमशेरको अध्यक्षतामा संयुक्त चुनावी सरकार गठन भयो । नेपाली कांग्रेस, प्रजापरिषद्, गोर्खा परिषद् र राष्ट्रिय कांग्रेस यसमा रहे । २०१५ सालमा प्रतिनिधिसभाको आमचुनाव भयो । सो चुनावमा नेपाली कांग्रेसको २ तिहाइ बहुमत आयो । गोर्खा परिषद् प्रतिपक्षमा रह्यो । राष्ट्रिय कांग्रेस पूरै हा¥यो । प्रजापरिषद्को एक–दुई सिट र नेपाल कम्युनिस्ट पार्टीको ४ सिट आयो । प्रधानमन्त्री बी.पी. कोइराला र राजाबीच १७ महिनाभित्रै वैमनश्यता शुरु भयो । कारण थियो, फेरि बी.पी.ले आफ्ना गुटका मान्छेमात्र मन्त्रिमण्डलमा राख्न खोज्नु, जसमा राजा सहमत भएनन् र बी.पी.ले संविधानले काम दिएन भन्दै हिँड्न थाले । बी.पी.का क्रियाकलापले राजालाई झस्काउन थाल्यो र २०१७ साल पौष १ गते राजा महेन्द्रले आफ्नै अनुकूल पञ्चायती शासन व्यवस्था लागू गरे ।

राजा र प्रजा मिली एकीकरण भएको पञ्चायती शासन व्यवस्था चल्दै गयो, राजा महेन्द्रको देहावशानपछि तिनताकाका नेताहरु प्रायः बितिसकेको अवस्थामा जनता र पार्टीहरु फेरि आन्दोलनमा उत्रिन पुगे । भारतको चाल बुझी राष्ट्रिय हितको निमित्त राष्ट्रिय मेलमिलापको कुरा लिएर २०३३ पौष १६ मा बी.पी. कोइराला मातृभूमि फर्किए । २०३६ सालमा जनमत संग्रह भयो । जसमा राजा र बी.पी.बीच समझदारी भएको थियो, जनताको फैसला मान्नुपर्ने अवस्था आयो र सुधारसहितको पञ्चायती व्यवस्था लागू भयो ।

१० वर्षबीचमा पुनः २०१७ सालमा विघटित व्यवस्थाका लागि आन्दोलन भयो । राजा वीरेन्द्रले बहुदलीय व्यवस्था दिए । र, नयाँ संविधान निस्क्यो । आमचुनाव भयो । नेपाली कांग्रेस पुनः बहुमतमा आयो र सत्ताको खेल फेरि शुरु भयो । समयावधि नपुग्दै मध्यावधि चुनाव हुन थाले । अप्राकृतिक गठबन्धन हुँदै गए । जसका कारण केही सांसदहरु सत्ताबाट बाहिरिए र उनीहरुबाट सशस्त्र आन्दोलन शुरु हुन थाल्यो । जसले नेकपा माओवादीको रुपमा गरिब, पीडित, बेरोजगार, दलित, जनजाति एवं दुर्गम ठाउँबाट संगठन विस्तार गर्न थाले र फेरि संविधानसभाको कुरा उठाउन थाले । आदर्श समाज, रामराज्य र नेपाललाई स्वर्गको रुपमा फर्काउने खालका नारा उठ्दै गए ।

सत्ताको स्वाद पाएकाले उनीहरुलाई पत्यानन् । सशस्त्र आन्दोलनका कारण करिब १५ हजार नेपाल आमाका सन्तान शहीद भए । यसै बीच बहुदलीय व्यवस्था राजा ज्ञानेन्द्रबाट खोसियो । राजाका सम्बोधनमा भ्रष्टाचार नियन्त्रणका कुरा उठे । कारबाही थालनी भयो तर राजा संगठितरुपमा तयार थिएनन् र समयले धेरै फड्को मारिसकेको थियो । राजाको विरुद्ध सबै पार्टीहरु भारतमा एक भए । राजा ज्ञानेन्द्र बाध्य भएर सत्ता हस्तान्तरण गर्नुप¥यो । आठ दलबीचको सहमतिअनुसार गिरिजाप्रसादको नेतृत्वमा मिलिजुली सरकार बन्यो । फेरि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल शुरु हुने क्रममा शान्तिको नाममा विदेशी हस्तक्षेप भित्रिने क्रम शुरु भयो । संविधानसभाको चुनाव पुनः सर्न पुग्यो ।

सरकारमा गएको नेकपा माओवादीलाई बजेट दिइएन । माओवादी सत्ताबाट बाहिरिँदा देशमा भयावह स्थितिको सृजना भयो । पुनः संविधानसभा चुनाव हुने गरी सहमति भयो र माओवादी (विद्रोही) समेत सरकारमा गयो । अन्ततः २००७ सालमा राजा त्रिभुवनले घोषणा गरेको संधिवासभाको चुनाव २०६४ चेत्र २८ गते नेकपा माओवादीका कारण सम्पन्न भइछाड्यो । परिणामले नेकपा माओवादीलाई देशको सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित गरी गणतन्त्रको खाका तयार पार्न नेपाली जनता तयार भए ।

नेपालबाट विश्वमा नयाँ सन्देश गयो । राज्यसत्ता सञ्चालन र कम्युनिस्ट शासन दिगो निर्धारण हुनेछ भन्नेमा नेपाली जनतासमेत विश्वस्त थिए । प्रत्येक मतमा लुकेका जनताका भावना कदर गर्न नेकपा माओवादी (प्रचण्डपथ) सक्षम छ भन्ने कुरामा मतदाता ढुक्क भए । नेपालप्रति अमेरिका, भारत, चीनको आ–आफ्नो धारणा रहेको तथ्य छर्लंग छ ।नेकपा एमालेको महासचिव मदन भण्डारीले नेपालमा कम्युनिस्टको नयाँ धारणा प्रस्तुत गर्न खोजेका थिए । उनलाई मारियो, राजा वीरेन्द्रको बुद्धवादी धारणाले समेत सार्थकता पाएन, कमरेड प्रचण्डलाई समेत मार्ने प्रयास नभएको होइन । राष्ट्रप्रति संवदेनशील व्यक्तिको अभाव देखियो, बूढा मर्छ कुरा सर्छ भन्ने उखानले सार्थकता पाउन सकेको देखिएन । किनकि सत्ता आफ्नो मुठ्ठीमा लिने प्रवृत्ति नेताहरुमा देखिएको हो ।

भानुभक्त आचार्यले नेपाली भाषामा दिएको योगदानले नेपाली जनता एकताबद्ध भएर बसेको मुकुलमा वैमनस्यता शुरु भएको छ । विभिन्न सम्प्रदाय, क्षेत्र, संघियताका कुराले राष्ट्रिय अस्तित्वमा प्रश्नचिन्ह खडा गरेको छ । श्रीपेच राजाको नभई एकताको प्रतिक हो भन्ने कुरा जनता र जनताका प्रतिनिधिले बिर्सनु र राजाले श्रीपेच आफ्नो भन्ने ठान्नु नै राष्ट्रिय स्वाधिनताका लागि सोच्नुपर्ने विषय बनेको छ ।इतिहासतर्फ फर्केर हेर्दा गणतन्त्र आएका मुलुकहरु ध्वस्त भै पुनः राजालाई बोलाई राष्ट्रिय हितको लागि आलंकारिकरुपमा राखिएका प्रशस्त उदाहरण पाउन सकिन्छ । जापान, बेलायत, नर्वेमा विकास भएको छ । र, राष्ट्रप्रमुखका रुपमा राजा राखिएको छ तर भूमिका संविधानले निर्धारण गरेको छ ।

विभिन्न रुपमा राजा बादशाह भएको मुलुकहरुमा विकास नभएको होइन, शक्तिशाली राष्ट्रहरुको साम्राज्यवादी नीतिले मुलुकलाई राजनीतिकरुपमा खेल्ने रंगशाला बनाएको छ र आपराधिक गतिविधिको केन्द्रसमेत बन्न पुगेको छ । नेपाली जनता नेकपा माओवादीले अघि सारेका बुद्ध र जंगबहादुर एकैपटक जन्मने अनि नेपाल समृद्ध बन्ने भनाइमा ढुक्क थिए । प्रचण्डलगायत टिमप्रति गौरव गर्न थालेका थिए । गान्धी मार्गमा चलेर वाईसीएलले राम्रो भूमिका निर्वाह गरेकोे पुरस्कार पनि स्पष्ट छ ।

राष्ट्रिय एकताका रुपमा मात्र आलंकारिक राजसंस्थासहितको लोकतान्त्रिक पद्धतिमा पाश्चात्य मुलुक, दातृ राष्ट्रहरु प्रशस्त रहने थिए र माओवादीको नयाँ नेपालमा निर्माण सपना पनि पूरा गर्न फ्युजन हुने थियो । गन्तव्य मोडियो, प्रचण्ड पथ मुलुक कब्जा गर्र्ने दिशातर्फ उन्मुख भएकोले जनमत बदलियो । दलहरु कुर्सीका लागि टुट्ने, फुट्ने, जुट्ने गर्न थाले । कार्यकर्ता आदि भरणपोषण, पार्टी सदस्य विस्तार, गुट–उपगुट आदि कारण लक्षणमा राखेको सृजना भयो र जनता विभक्त भए, कार्यकर्ता मात्र रहे । नेपाली जनताको नेपालमा अभाव हुन थाल्यो । टाठाबाठा, सुकिलामुकिलालाई त फाइदै फाइदा भयो तर दुःखी झनै दुःखी हुँदै गए । जनप्रतिनिधि कुनै दलका मुठ्ठीमा, दुःखी जनताको उद्धार गर्ने बाटोतर्फ उन्मुख भएनन् ।

राजा वीरेन्द्रको वंशनाशलाई आधार बनाई राजा ज्ञानेन्द्रप्रति सृजना गरेको भ्रम संकटकालमा मुलुकमा फिँजाउने प्रचण्ड अध्यात्मिक (धर्म) र विज्ञान छुट्याउन असमर्थ भए । विश्वको एकमात्र हिन्दूराष्ट्र, राष्ट्रिय पहिचान थियो, मास्ने काम गरे । प्रचण्डपथतर्फ सबैलाई डो¥याए । आफ्नो स्वार्थ अनुकूल सबैलाई स्वार्थी बनाए । फलस्वरुप जाति, वर्ग, क्षेत्र, लिंगका आधारमा वर्गीकरण गरियो । केही राम्रा पक्ष पनि नभएका होइनन् तर व्यर्थ समाज विखण्डन उन्मुख भयो । गरिबीको खाडल बढ्यो । समयसँगै आएका केही विकासका कार्यबाहेक शिक्षा, स्वास्थ्य, दैनिक आधारभूत आवश्यकताका विषयहरु महँगो व्यवसाय बने । सरकारकोे दायित्व कागजमा लेखर मात्र पूरा हुने होइन । अति र अत्याचारले विद्रोह निम्त्याउँछ । कहीँ मतबाट त कहीँ जनसहभागिताबाट इतिहासकै क्रियाकलापमा घुमिरहेका दलहरुले बुझ्नुपर्ने विषय यो छ कि विचार सम्प्रेषणको आधारमा जनता दलमा आबद्ध भएका छन्, रगतको आधारमा होइन । विचार बदलिन सक्छ, रगत बदलिने होइन । जनता भएका कारण नेपाल भएको र नेपालका लागि नेपाली जनता मर्न र मार्न तयार हुनेछन् ।

मत संकलन गर्न मध्यमवर्गीय किसान तथा पुँजीपतिका घरजग्गा डोरीले नाप्दै गरिबलाई दिने बाचा गरेको कम्युनिस्ट तथा समाजवादको नारा दिने नेपाली कांग्रेसले अर्थ सञ्चय तथा कार्यकर्ता संरक्षणको नाममा संगठनका गिरोह तयार गर्ने होडबाजीमा जनताको पहिचान नै गुमाएर गएको परिस्थितिमा विभिन्न बहानामा गरिएको सन्धि–सम्झौताले मलुक कुन दिशातर्फ उन्मुख भएको हो ? जनताले सोधिरहेको अवस्थामा छ । जनताको चेतनाको स्तरमा वृद्धि भएको यस घडीमा बालेन साहहरुको उदय सकारात्मक देखिन्छ र दलहरु त्रसित हुनुपर्ने होइन । मात्र विचारणीय विषय प्रचण्डपथजस्तै बालेनहरुले बाटो नबिराऊन् । आपराधिक गतिविधिमा संलग्न र फौजदारी अभियोमगा सजाय पाएकालाई चुनावमा छोड्नुको लागि दुर्भाग्य बन्ने निश्चित छ । वीर गोर्खालीका खुकुरीले यो समयमा बैरी लखेट्न सक्तैन ।

राष्ट्रिय औपनिवेश भएको खण्डमा व्यवस्थासँग जोडिएका सबै जिम्मेवार हुने हो । श्रीलंकामा जस्तो परिस्थिति सृजना हुन नदिन र नेताहरु सुरक्षित हुनका लागि तत्काल सोच्नुपर्ने देखिन्छ । श्रुति, स्मृति, वेद, पुराण आदि पौराणिक शास्त्रका आधारमा विश्वभर नयाँ–नयाँ खोज र विकास भएको छ । जसलाई विज्ञान भनिएको छ, यसको जननी सनातन या हिन्दूधर्म ग्रन्थहरु हुन् भन्ने तथ्य नकार्न मिल्दैन । विद्याले बाँच्न सिकाउँछ भने ज्ञानले सृष्टिका सबै रचना बताउँछ । विश्व राजनीति विश्लेषण गरौं, ज्ञानी बनौं, प्रकृतिको रक्षा गरौं । दुःखीहरुको रक्षा हुनेछ । लोककल्याणका विषयमा छलफल गरौं । रामराज्यको परिकल्पना हाम्रो दायित्वभित्र परेकोे छ । छिमेकीको सम्झौताले मुलुकको व्यवस्था र दिशा बदलिन सक्छ र नागरिकता विधेयक विद्रोहको दस्तावेज बन्न सक्छ । के आगामी निर्वाचन निश्चित छ ?

प्रतिक्रिया दिनुहोस्