भलिबलमा १७ नम्बर पहिलो



हेटौंडा  ।
केशबलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा भएको उपमेयर कप भलिबल प्रतियोगिताअन्तर्गत् पुरुष-महिलातर्फको उपाधि १७ नम्बर वडाले जितेको छ ।

सोमबार हुप्रचौरमा भएको पुरुष फाइनलमा १९ नम्बर वडालाई ३–१ को सेटमा पराजित गर्दै १७ नम्बर वडाले उपाधि जितेको हो । पहिलो सेट २५–२१ ले अग्रता लिँदै १७ नम्बर वडाले दोस्रो सेटमा १६–२५ ले पछि परेको थियो ।पछिल्लो दुई सेट २५–२१ र २८–२६ ले आफ्नो पक्षमा पार्दै १७ नम्बरले उपाधि जितेको हो । उपाधिसँगै १७ नम्बर वडाले ५० हजार रुपियाँ जितेको छ भने १९ नम्बर वडाले २५ हजार रुपियाँ पाउने भएको छ ।

उपमेयर कप भलिबल प्रतियोगिताअन्तर्गत् महिलातर्फको उपाधि पनि १७ नम्बर वडाले जितेको छ । आइतबार हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर) मा भएको फाइनलमा ५ नम्बर वडालाई ३–१ को सेटमा पराजित गर्दै १७ नम्बर वडाले उपाधि जितेको हो ।

पहिलो सेट २४–२६ ले गुमाएको १७ नम्बर वडाले पछिल्लो ३ सेट २५–१३, २५–९ र २५–१५ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । उपाधिसँगै १७ नम्बर वडाले ५० हजार रुपियाँ जितेको छ भने ५ नम्बर वडाले २५ हजार रुपियाँ पाउने छ । प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्