डेनमार्कसँग हा-यो फ्रान्स



लन्डन, (एजेन्सी) । 

युइएफए नेसन्स लिगमा वर्तमान विश्व विजेता फ्रान्सलाई डेनमार्कले हराएको छ । फ्रान्स घरेलु टोली डेनमार्कसँग २–० गोलअन्तरले स्तब्ध बनेको हो । पार्केनमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा कास्पर डोलवर्ग र एन्ड्रिएस स्कोभ ओल्सेनले गोल गरेका थिए ।

दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको ३४औं मिनेटमा कास्पर डोलवर्गले गोल गर्दै डेनमार्कलाई १–० को अग्रता दिलाएका थिए । उनले मिकेल ड्याम्सगार्डको पासमा गोल गर्न सफल भएका थिए । ३९औं मिनेटमा एन्ड्रिएस स्कोभ ओल्सेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । उनले थोमस डिलानेको पासलाई सदुपयोग गरेका थिए । खेलमा पछि परेको फ्रान्सले खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

यो नतिजासँगै डेनमार्क लिग ए ग्रुप १ मा १२ अंक जोडेर दोस्रो स्थानमा रह्यो । पराजित फ्रान्स ५ अंक जोडेर तेस्रो स्थानमा रह्यो । यसै समूहको अर्को खेलमा क्रोएसिया अन्तिम चारमा प्रवेश गरेको छ । अष्ट्रियालाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै लिग ए ग्रुप १ मा शीर्षस्थानमा रहँदै क्रोएसिया अन्तिम चारमा प्रवेश गरेको हो ।अन्स्र्ट हापेल स्टेडियम वेइनमा आइतबार राति भएको खेलमा क्रोएसियाको जितमा कप्तान लुका मोड्रिच, मार्काे लिभाजा र डिजान लोभरेनले गोल गरे अष्ट्रियाका क्रिस्टोफ बाअमगार्टनरले एक गोल फर्काएका थिए ।

खेलको छैटौं मिनेटमा कप्तान मोड्रिचको गोलबाट क्रोएसियाले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले निकोलो भ्लासिकको पासमा गोल गर्न सफल भएका थिए । नवौं मिनेटमा क्रिस्टोफ बाअमगार्टनरले बराबरी गोल फर्काए ।खेलको ६९औं मिनेटमा मार्काे लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाएका थिए । ७२औं मिनेटमा डिजान लोभरेनले गोल गर्दै क्रोएसियाको जित पक्का गरे ।

क्रोएसियासँगको हारसँगै अष्ट्रियाले लगातार पाँचौ खेलमा जित निकाल्न सकेन । यो सन् २०११ पछि अष्ट्रियाको सबैभन्दा कमजोर प्रदर्शन हो । यो जितसँगै क्रोएसियाले समूह चरणमा ६ खेलबाट १३ अंक जोड्यो । डेनमार्क १२ अंक जोडेर दोस्रो स्थानमा रहँदा फ्रान्सले ५ अंक जोड्यो । चार अंक जोडेर पुछारमा रहेको अष्ट्रिया रेलिगेसनमा परेको छ ।त्यसैगरी युइएफए नेसन्स लिगकै अर्को खेलमा नेदरल्यान्ड्सले बेल्जियमलाई पराजित गरेको छ । कप्तान भर्जिल भान डाइकको गोलमा नेदरल्यान्ड्सले बेल्जियममाथि १–० गोलअन्तरको जित निकालेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको दोस्रो हाफमा भान डाइकले गरेको गोल नै निर्णायक बन्यो । उनले ७३औं मिनेटमा कोडी गाक्पोको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै नेदरल्यान्ड्स समूह चरणसँगै पछिल्लो १५ खेलसम्म अपराजित रहन सफल भएको छ । युरो २०२० मा चेक रिपब्लिकसँग २–० ले पराजित भएयता नेदरल्यान्ड्स अपराजित रहेको छ । जसमा ११ जित र चार बराबरीको नतिजा छ । यो जितसँगै नेदरल्यान्ड्स लिग ए ग्रुप ४ मा अपराजित रहँदै ६ खेलबाट १६ अंक जोड्न सफल भयो । बेल्जियम १० अंक जोडेर पुछारमा रह्यो । पोल्यान्ड सात अंक जोडेर तेस्रो तथा वेल्स एक अंक जोडेर पुछारमा रह्यो ।

यही समूहको अर्काे खेलमा पोल्यान्डले वेल्सलाई १–० ले पराजित ग¥यो । कार्डिफ स्टेडियममा पोल्यान्डको जितमा कारोल स्वीडेर्स्कीले ५८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । हारसँगै वेल्स रेलिगेसनमा परेको छ । त्यस्तै, खेलमा अजरवैजानले काजकस्तानलाई ३–० ले हराउँदा मोल्दोभाले पनि लिचेस्टाइनलाई २–० ले तथा फारोइ आइल्यान्डले टर्कीलाई २–१ ले रलक्जेमवर्गले लिथुआनिया १–० ले पराजित ग¥यो । त्यस्तै, स्लोभाकियाले बेलारुससँग र एन्डोराले लात्भिया १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्