क्यान्सर विजेतासँंग रमाए चिकित्सकहरु



काठमाडौँ।

क्यान्सर रोगका दक्ष चिकित्सकहरु र नर्स क्यान्सर रोग निको भएका आफना क्यान्सर विजेताहरुसँंग सोमबार रमाएका थिए ।
कलाकार डली गुरुङले ५ बर्षदेखि क्यान्सर जितेको उपलक्षयमा सुदिप्ता क्यान्सर सर्भाईभर गरेको कार्यक्रममा क्यान्सर विजेताहरुले विभिन्न खेलका साथ नाचगानको कार्यक्रम राखेका थिए । त्यही कार्यक्रममा क्यान्सर विजेताहरुको हौसला वढाउन डाक्टरहरु समेत नाचगानमा सहभागी भएका थिए ।

क्यान्सर रोग विशेषज्ञ तथा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले क्यान्सरको सवैभन्दा ठूलो औषधि मनोबल भएको भन्दै मनोबल उच्च राख्न सके क्यान्सर रोगलाई परास्त गर्न सकिने बताउँनुभयो । उहाँले क्यान्सर रोग निको हुने रोग भएको भन्दै हौसलालाई निरन्तर बढाइराख्न सुझाव दिनुभयो ।

 

सुदीप्त क्यान्सर सर्भाभर मिट ३६ इडिसन सेलिव्रेटिंग फिप्ट योर्स अफ सर्भावरशिप विट डली गुरुङ अर्थात डली गुरुङले क्यान्सर विजय प्राप्त गरेको पाँंचौ वर्षको अवसरमा गरेको ३६ औं क्यान्सर विजेताहरुको भेटघाटमा म्युजिकल चेयरलगायतका विभिन्न कार्यक्रमहरु राखिएको थियो । साथै सांगितिक कार्यक्रम पनि राखिएको थियो । त्यही कार्यक्रममा चिकित्सक, क्यान्सर विजेताहरु अन्य सहभागीहरु नाचगान गरी रमाएका थिए ।

कार्यक्रममा नेपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष र सुदिप्ता क्यान्सर सर्भाइभर ग्रुपकी संयोजक स्वरुपा श्रेष्ठ, उपाध्यक्ष शंकर शर्मा, चिकित्कहरु, डा।सुदिप श्रेष्ठ, डा। गिसुप प्रसाई, डा.कपेन्द्र अमात्य, डा. निरोज जोशी, डा.हरि ढकाल, नर्सेस सर्भाइबर लगायतले क्यान्सर विजेताको खुशीमा नाँचगान गरेर साथ दिएका थिए ।

कार्यक्रममा क्यान्सर विजयी भएको पाँंच वर्ष पूरा गरेका क्यान्सर विजेता डली गुरुङले हाल क्यान्सर रोगको उपचार गरिरहेका तीन जना विरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो । साथै, क्यान्सर विजेताहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो ।

कार्यक्रममा एक दर्जन चिकित्सक, तीन दर्जन क्यान्सर विजेता तथा त्यससँंग सम्वन्धित व्यक्तिहरु सहभागी रहेका थिए । डली गुरुङ लगायत सहभागीहरुले नेपालमै क्यान्सरको सफल उपचार हुन्छ अब कसैले पनि विदेशीनु पर्दैन र क्यान्सर पनि अब अरु रोग जस्तै समयमै पहिचान गरी उपचार गरे स्वदेशमै उपचार गरी निको हुन्छ भन्ने सन्देश दिएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्