नेपालमा सूर्तिले प्रत्येक १ घण्टामा ४ जनाको ज्यान लिइरहेको छ

दक्षिण एशियामा धुम्रपानबाट सबैभन्दा बढी मृत्यु हुने देश नेपाल



काठमाडौं।

नेपालमा एक घण्टामा ४ जनाको सूर्तिजन्य पदार्थ सेवनका कारण मृत्यु हुने गरेको अनुसन्धानमुलक तथ्यांक सार्वजनिक भएकोछ ।
नेपालमा सुर्तीजन्य पदार्थबाट विगत ३० वर्षमा स्वास्थ्यमा परेका असरको फरक कस्तो छ भन्ने तथ्यांक विष्लेषण गरी आवश्यक सम्वोधनका उपायहरु सुझाइएको नेपाल विकास अनुसन्धान प्रतिष्ठानद्धारा तयार पारिएको “हेल्थ इम्प्याक्ट अफ टोव्याको इन नेपाल” नामक अनुसन्धानात्मक प्रतिवेदन नेपाल चिकित्सक संघले आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले विमोचन गर्नुभएको थियो ।

सुर्तीजन्य पदार्थकै विषयमा विशेषज्ञहरु बीच एक प्यानल छलफल गर्दा प्रतिवेदनमा समेटिएका केहि तत्यांक मानव स्वास्थ्यमाथी भएको कहालीलाग्दो अवस्था रहेको छ ।

विगत ३० वर्षमा धुम्रपानका असर ह्वात्तै बढेको देखिन्छ । हाल नेपालमा धुम्रपान गर्ने मानिसको सँख्या ३२ प्रतिशत रहेको छलफलमा औल्याईयो । यसका साथै नेपालमा २० प्रतिशत मानिसको मृत्यु धुम्रपानका करणले हुनेगरेको डरलाग्दो अवस्थाका बारेमा जानकारी गराईयो ।

नेपालमा एक वर्षमा भुम्रपानबाट ३७ हजार ५ सय २९ जनाको मृत्यु हुन्छ । यो तथ्यांकलाई प्रतिघण्टामा हिसाब गर्दा १ घण्टामा ४ जना मृत्यु हुन्छ । नसर्ने रोगका कारण हुने मृत्युमध्ये हरेक ५ जनामा एक जनाको मृत्यु धुम्रपानका कारण हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएकोछ ।

दक्षिण एशियामा धुम्रपानबाट सबैभन्दा बढी मृत्यु हुने देश नेपाल बनेकोछ । यो तथ्यांकलाई केलाउँदा सूर्तिजन्य पदार्थ सेवाका कारण हुने मृत्युदरमा नेपालले भारतलाई समेत उछिनेको छ । ३० वर्ष अगाडि नेपालमा सुर्तीजन्य पदार्थबाट मृत्यु हुनेको संख्या श्रीलंका भन्दा कम थियो तर हाल श्रीलंका भन्दा दोब्बरभएको छलफलका क्रममा विज्ञहरुले औल्याएका छन् ।

धुम्रपानबाट मृत्यु हुनेमा विश्वका २ सय ४ देश मध्ये १९ औं स्थानमा र मृत्यु अनुपातको हिसावले नेपाल संसारमा नै उच्च रहेको जनाएकोछ । नसर्ने रोगबाट नेपालको कुल मृत्युको दोस्रो प्रमुख कारण धुम्रपान भएको तथ्यांकमा उल्लेख गरिएकोछ । ३० वर्ष अगाडि नेपालमा धुम्रपानका कारण मृत्युहुने चौथो कारक तत्वका रुपमा सूर्तिजन्य पदार्थलाई लिईएको अनुसन्धान रिपोर्टमा उल्लेख गरिएकोछ ।

अनुसन्धान रिपोर्टमा उल्लेख गरिए अनुसरा अर्को डरलाग्दो तथ्यांक विगत ३० वर्षमा धुम्रपानबाट मृत्यु हुनेको सँख्या ६० प्रतिशतले वृद्धि भएको छ । दक्षिण एशियामा नेपाल सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर तिर्ने देश चिनिन्छ । नेपाल सरकारले नेपालमा सूर्तिजन्य पदार्थमा ४१ प्रतिशत कर निर्धारण गरेको छ ।

विश्व स्वास्थ्य संघले ७५ प्रतिशत कर लगाउँनुपर्ने बिषयमा सरकारका सरोकारवाला निकायसँग बसी पटक पटक छलफल गरी सिफारिस गरेको भएपनि कार्यान्वयन भएको छैन । सूर्तिजन्य पदार्थमा श्रीलंकाले ७७ प्रतिशत र छिमेकी मुलुक भारतको ५८ प्रतिशत कर लगाएको छ ।

नेपाल सरकारले जनस्वास्थ्यलाई व्यवास्ता गरेर अहिलेकै टे«ण्डलाई समातेर अघि बढ्यो भने सन् २०५० सम्ममा १३ लाख ४० हजार मानिसको ज्यान जानेछ । यो तथ्यांक भनेको ५२ हजार प्रति वर्ष नेपालीको मृत्यु सुर्तीजन्य पदार्थको सेवनकै कारण हुने सरोकारवाला समेतको उपस्थितिमा भएको छलफलमा जानकारी गराईयो ।

पछिल्लो केही बर्षदेखि युवा लक्षित विज्ञापन गर्ने, क्लव, रेष्टुरेन्टहरुमा हुक्का लगायतका धुम्रपान विज्ञापनले युवाहरु धेरै नै फसेको गम्भिर सवाल उठाईएको थियो । त्यस्तै सूर्ति उद्योगहरुले कथित आधुनिक स्मोकलेस टोव्याकोहरु (जस्तै भेप, मिन्थोल आदि) बजारमा ल्याएको छन जुन चुरोट भन्दा कम खतरा छैन । तर उत्पादकहरुले यसबाट कुनै जोखिम छैन भन्ने भ्रम युवाहरुमाझ फैलाएको छ । यस्तो भयाभहक अवस्थाबाट नेपाललाई मुक्त गर्न नेपाल सरकारले सूर्तिजन्य पदार्थमा विश्व स्वास्थ्य संघसँग भएको सहमतिका आधारमा राजश्व लगाएर सूर्तिजन्य प्रयोगकर्तालाई जनचेतना जगाउँनु जरुरी भएको कुरा छलफलले निष्कर्ष निकाली स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष बुझाएको छ ।

छलफलबाट निष्केको ४ बुँदे निष्कर्षमा क्रमश: १) सुर्तीजन्य पदार्थमा कम्तिमा भारतको जती राजश्व (कर) बृद्धि गर्नुपर्छ । २) चुरोटको खुल्ला खिल्ली (स्टिक) बेच्न प्रतिबन्द भएको नियमलाई कडाइका साथ लागु गर्न जरुरी छ । ३) राज्यबाट सञ्चालित चुरोट कारखाना (जनकपुर चुरोट कारखाना) जुन हाल बन्द छ यसलाई पुन:खोल्ने निर्णय फिर्ता हुनुपर्छ । ४) विद्यालय, अस्पताल तथा सरकारी अड्डाको १ सय मिटर भित्र, सेवन र वेचविखनमा प्रतिबन्द नियम कडाइका साथ लागू गर्नु पर्छ भन्ने उल्लेख गरिएकोछ । तर, नेपाल सरकारको अर्थ मन्त्रालय र उद्योग मन्त्रालयले जनस्वास्थ्यका बिषयमा वेवास्ता गर्दै उद्योगीबाट प्रेसित अभिव्यक्तिलाई मात्र ध्यानमा राखी नागरिकको स्वास्थ्यमा खेलबाट गरिरहेको विज्ञ टोलीले बताएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्