फिलिपिन्समा आँधीबाट चार उद्धारकर्मीको मृत्यु



एजेन्सी ।

फिलिपिन्सको मुख्य टापुमा आएको आँधीका कारण चार उद्धारकर्मीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । फिलिपिन्सको पूर्वी टापुमा आएको सुपर टाइफुनपछि हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा लगिएको छ । आँधीपछि उक्त क्षेत्रका विद्यालय तथा सरकारी कार्यालयहरू बन्द गरिएको छ ।

बुलाकान क्षेत्रका गभर्नर ड्यानियल फर्नान्डोले प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका पाँच जना कर्मचारीलाई सान मिगुएल जिल्लामा उद्धार कार्य गरिरहेको बेला बाढीले बगाएको बताए । देशको ११ करोड जनसंख्याको आधाभन्दा बढी जनसंख्या बसोबास गर्ने प्रमुख टापु लुजोनमा २४० किलोमिटर प्रतिघण्टा ९१४९ माइल प्रतिघण्टा० सम्मको आँधी आएको छ ।

लुजोनको पश्चिमी भूभागमा पुगेपछि आँधीले ‘विस्फोटक तीव्रता’ अनुभव गरेको मौसमविद्हरूले बताएका छन् । आँधीले पहिरो, अचानक बाढी र खतरनाक आँधीबेहरी निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्