नवौंको ट्रफी सशस्त्रमा प्रदर्शन



????????????????????????????????????

काठमाडौं ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा प्रदर्शन गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सातै प्रदेश तथा तीन विभागीय टीममा प्रदर्शन गरिने योजना अनुरूप आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा प्रदर्शन गरिएको हो ।

कार्यक्रममा महानिरीक्षक अर्यालले रनिङ ट्रफीलाई विजयको प्रतिकको रूपमा लिई नेपाल एपीएफ क्लबबाट सहभागी हुने सम्पूर्ण खेलाडीहरूले उच्च मनोबलका साथ आ–आफ्नो खेलकुद विधामा पूर्ण क्षमता र खेल भावनाको अनुशरण गरी खेल्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशको पोखरा लगायत आसपासका जिल्लाहरूमा सञ्चालन हुने उक्त प्रतियोगितामा कुल ३६ खेल विधा समावेश गराई सञ्चालन गरिने कुरा सो अवसरमा जानकारी गराइएको थियो ।उक्त खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लबको तर्फबाट ३१ खेल विधामा ५३४ जना खेलाडीहरूको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्