सर्वसाधारणले नपत्याउँदा धराशयी बने वित्तीय संस्था



पछिल्लो समय शेयर कारोबार निरन्तर आरोलो लागिरहेको छ । शेयर कारोबार घटेसँगै लगानीकर्ताहरुको बिचल्ली भएको छ । कतिपय शेयर लगानीकर्ताहरु भागिसकेका छन् भने कतिपय भाग्नलाई ठिक्क परेका छन् । शेयरको मूल्य घटेपछि लगानीकर्ताहरुले बैंकको किस्ता तिर्न छाडेका छन् । हिजो दुई हजारमा किनेको शेयर अहिले एक सय रुपियाँमा बिक्री हुँदैन ।

शेयरवालाहरुको भागाभाग चलेपछि बैंक पनि धराशायी बनेका छन् । बैंकले हिजो शेयरको मूल्य महँगिएको बेला भकाभक लगानी ग¥यो । यताउता केही नहेरी धमाधम शेयर धितो राखेर ऋण दियो । अहिले त शेयर कारोबारमै मन्दी आएको छ । जसका कारण न बैंकले सावाँ उठाउन सकेको छ, न धितो लिलामी गर्न ।

एक वर्षअघि १० लाख पर्ने शेयर धितो राखेर बैंकले पाँच लाख ऋण दियो । पाँच लाख लिएकोले सावाँ र ब्याज नतिर्दा सात लाख पुगेको छ । तर, अहिले त्यो शेयर बेच्दा दुई लाख आउँदैन । बैंक त पानी पनि पिउन नपाईकन चुर्लुम्मै डुबेको छ । शेयरमा लगानी गर्ने बैंकहरु धराशायी बनिसकेका छन् तर यो कुरा कतै बाहिर आउन दिइएको छैन । सहकारी त पहिल्यै जोखिम छ, अब पालो बैंकको । सहकारीको अवस्था थाहा पाएपछि बचतकर्ताले पैसा राख्न छाडेका छन् । यता, बैंकमा पनि मन्दी छाएपछि र बचतकर्ताले पैसा राख्न बन्द गरेपछि ब्याज बढाउनतिर बैंकहरु लागिपरेका छन् । नेपाल बैंकर्स एसोसिएसनले १३ प्रतिशतसम्म ब्याज दिने भनेर निर्णय गरेको छ ।

पहिले ११ प्रतिशत ब्याज दिने गरिएकोमा एकैपटक दुई प्रतिशत बढाइएको छ । बाहिर १३ प्रतिशत भने पनि भित्रभित्रै १४ देखि १६ प्रतिशतसम्म ब्याज दिन्छन्, बैंक । यत्रो ब्याज बढाँउदा पनि सर्वसाधारणले बैंकमा पैसा राखेका छैनन् । बैंकहरु डुबिसकेको र घाटामा गइसकेको कुरा थाहा पाएकाले सर्वसाधारणहरु पहिल्यै सचेत बनेको बुझिन्छ । विभिन्न विज्ञापन बजाएर ब्याजको लोभ देखाउँदा पनि सर्वसाधारण फसेका छैनन् । हिजोको दिनमा बढी नाफा कमाउन बैंकले जथाभावी कर्जा लगानी ग¥यो । बढी बोनस र कमिसन खानका लागि आँखा चिम्लेर लगानी गर्ने काम भयो । जति पनि सर्वसाधारणले बचत गर्थे त्योमध्ये ९८ प्रतिशत त घरजग्गा र शेयरमा लगानी ग¥यो ।

अहिले मालपोतमा पनि घरजग्गा नामसारी ठप्पझैँ छ । दिनमा एक–दुईवटा पनि घरजग्गा किनबेच हुँदैन । उता, विगतमा २० लाख आना पर्ने जग्गा अहिले दुई लाखमा बिक्री नहुने भइसकेको छ । बैंकले लगानी गरेको क्षेत्रमा मन्दी आउनेबित्तिकै यसले थप ठूलो क्षति पु¥याउँछ । बैंक कहीँ कतैबाट सुरक्षित छैन । एकातिर किस्ता बढेको बढ्यै छ, अर्कोतिर धितोको मूल्य घटेको घट्यै । अनि कहाँबाट बैंक सुरक्षित भयो ? सर्वसाधारणलाई ब्याजको लोभ देखाएर पैसा थुत्ने बैंकर्स एसोसिएसनको निर्णय गलत होइन ? पहिले के कारणले जनताले पैसा राख्न छाडे ? यो खोजी गर्नुपथ्र्यो । आफ्नो बढी घूस र नाफा खाने प्रवृत्तिले पो हो कि ? गलत ठाउँमा लगानी गर्दा पो विश्वासनियता गुमेको हो कि ? लगायतका विषयमा एसोसिएसनले सोचविचार गरेन । सीधै बैंकको ब्याज बढाउनतिर लागिप-यो ।

विगतका बैंकका कारणले धेरै आत्महत्याका घटना घटेका छन् । ऋणीहरुले बैंकको दबाब सहन नसकेर आफ्नो मात्रै नभई पूरै परिवार नै सखाप पारेको घटनाहरु नभएका होइनन् । उता, कतिपयको उठीबास नै भएको छ । पहिले बैंकको काम गर्ने चालचलनमै सुधार ल्याउन जरुरी देखिएको छ । डिपोजिट राख्ने बेला सर्वसाधारण तर कर्जा लिने सबै ठूला व्यापारी । सर्वसाधारणले हत्तपत्त कर्जासमेत पाउँदैनन् । पाँच दर्जन ठूला व्यापारीको कब्जामा बैंक छन् । व्यापारीहरुले बैंकबाट धमाधम पैसा निकालेर विदेशी बैंकमा लगेर राखेका छन् । थोरै लगानी गर्ने धेरै विदेशी बैंकमा लगेर राख्ने । सर्वसाधारणलाई कर्जा नदिने हो भने सर्वसाधारणको पैसा किन राख्ने ?

सर्वसाधारणको पैसा बैंकहरुले दुरुपयोग गरेका छन् । व्यापारीहरुले सेवाशुल्क र घूस बढी दिने भएकाले बैंकहरुले उनीहरुलाई मात्र धमाधम कर्जा दिएका हुन् । व्यापारीले एक सय सामान पाँच सय रुपियाँमा बेचेर जनता ठगिहाल्छ । त्यसमध्ये सय रुपियाँ सेवाशुल्क र घूस बैंकलाई दिन्छ, अरु आफू राख्छ । यता, व्यापारीले छिटो कर्जा पनि चुक्ता गरिदिन्छन् । एउटाले छिटो पैसा फिर्ता दियो भने अर्कोतिर लगानी गरेर फेरि पनि घूस र सेवाशुल्क खान पाइयो । बैंकले तीन वर्ष, पाँच वर्ष भन्दै कर्जा दिन्छ । तर, एक वर्ष पूरा नहुँदै च्याप्न थाल्छ । ऋण दिने बेलैमा ऋणीलाई मञ्जुरीमा हस्ताक्षर गर्न लगाउँछन् । बैंकले जहिले पनि आफू माथि पर्ने काम गर्छ । एक करोडको धितो ५० लाख ऋणमा खाइदिन्छन् ।

तीन किस्ता तिरेन भने करोडको सम्पति ५० लाखमै सिद्धिन्छ । अर्को बैंकमा सारेर ऋण तिर्छु भन्दा पनि ऋणीले पाउँदैनन् । धितो हत्याउनका लागि बैंकले अनेकौं खेल रच्छन् । अर्को बैंकमा सबै प्रक्रिया पु¥याइसके पनि बैंकले भड्काइदिन्छ । ऋण तिर्दैन भनेर भनिदिएपछि त प्रक्रिया पु¥याइसकेको बैंक पनि पछि हट्छ । कर्जा लिएको व्यक्तिले किस्ता तिरेन भने कालोसूचीमा पठाइदिन्छ । यता, पत्रिकामा आफूखुशी ऋणीको नाम निकाल्छ अनि त्यो पनि ऋणीबाटै असुलउपर गर्छ । ऋणीको घरको गेटमा लगेर घर लिलाम गर्न लागेको भनेर टासिदिन्छ । उसको छरछिमेक र नातागोताबाट पनि सहयोग नपाओस् भनेर यसो गरिएको हो । बैंकले जानाजान सबै बाटो बन्द गरिदिन्छ ।

४० लाख कर्जा लिनेले तीन महिनाको किस्ता तिरेन भने एक करोडको सम्पत्ति त्यतिमै छोडेर हिँड्नुपर्छ । मिटरब्याज पीडित बढ्नुको कारण पनि बैंक नै हो । गृह मन्त्रालयले गठन गरेको मिटरब्याज छानबिन समितिले बैंककै कारणले मिटरब्याज बढेको औंल्याएको थियो । सर्वसाधारणलाई बैंकले कर्जा दिएको भए मिटरब्याजमा पैसा लिनुपर्ने बाध्यता हुँदैनथ्यो । जनताको घरमा रुवावासीको अवस्था बन्दैनथ्यो । घूस दियो भने विवरण नपु¥याएपनि बैंकले कर्जा दिन्छ । तर, घूस दिन्छु नभनेसम्म महिनौंदिन अड्काइदिन्छ । कहिले यो पुगेन भन्छ, कहिले त्यो झुल्याएर राखिदिन्छ । बैंकको कारणले आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ । जेथा गुमाउनुको पीडाले आफ्नो जिन्दगी नै खेर फालिदिन्छन् । दुई–तीन वर्षअघि भक्तपुरमा घटेको घटना त अझ पनि सबैलाई याद नै होला ।

बैंकको ऋण तिर्न नसकेर आफू मात्र नभई आफ्नो छोरा र श्रीमतीलाई नै मारेको थियो । बैंक र सहकारीको ठगीधन्दा यसरी मौलाइरहेको छ । जनताले यसको विरोधमा आवाज उठाउनुपर्छ । एउटाले पैसा लगेर राख्छ, त्यही पैसा अर्कोलाई महँगो ब्याजमा लगानी गर्छ । बैंकले दलालीको भूमिका मात्र निर्वाह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्