डा.केसीको २० औं अनसन १० बुँदे सहमतिमा तोडियो



काठमाडौं ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा गोविन्द केसी र सरकारबिच दश बुँदे सहमतिसँगै १३औँ दिनमा जुस पिएर अनसन तोडियो । सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोड्नुभएको छ ।

डा केसीले बिरामी र बिरामी कुरुवाको हातबाट जुस पिएर अनसन तोड्नुभयो । त्रिवि शिक्षण अस्पतालमा उपचाररत सुनसरीका अरमन अन्सारी र बिरामी कुरुवा कैलालीकी सरिता चौधरीको हातबाट जुस खाएर अनसन तोड्नुभयो ।

डा केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका विभिन्न सात बुँदे माग राख्दै धनगढीमा अनसन सुरु गर्नुभएको थियो । डा.केसीको यो २० औँ अनसन हो । सरकार र डा केसीका बिच भएका १० बुद्धे सम्झौता भएको छ । सम्झौता यस प्रकार रहेको छ:

प्रतिक्रिया दिनुहोस्