विद्यार्थीलाई स्विटर वितरण



काठमाडौ । शिक्षा एवं समाजसेवी हेमन्त कुमार कार्कीले विद्यार्थीहरुलाई स्विटर वितरण गरेका छन् । कार्कीले महेन्द्र शान्ति मावि बालकोटका पूर्वप्राथमिक तहका ६० जना विद्यार्थीलाई दशैंको अवसरमा विद्यालय पोशाकसँग मिल्दोजुल्दो ६० थान स्विटर वितरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेका कार्कीले आफूलाई समाजसेवी भद्राकुमारी घले सेवा सदनबाट २०७८ फागुनमा प्राप्त भएको नगद ५ हजार सहितको पुरस्कारमा १३ हजार रुपियाँ थप गरी १८ हजार रुपियाँमा ६० थान स्विटर किनेर शुक्रबार वितरण गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप कार्की, शिक्षासेवी सोही नगरपालिका वडा नं. १ का शिक्षासेवी मनोज कार्की, रेडियो नेपालका पत्रकार बलराम कोइराला, सहायक प्रधानाध्यापक रामचन्द्र भट्टराई लगायतले विद्यार्थीलाई स्विटर वितरण गर्दै मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं दाता कार्कीले आफूले विद्यालयको शैक्षिक स्तरोन्नतिका लागि विद्यालयमा ५ लाख रुपियाँको छात्रवृत्ति कोष स्थापना गर्नुको साथै विद्यालयमा ११ र १२ कक्षा सञ्चालनमा सक्दो सहयोग गरेको र भविष्यमा पनि गर्ने बताए ।

दाता कार्की सो विद्यालयमा आफ्ना दिवंगत बुबा, आमा र दाई (स्व.कृष्ण बहादुर कार्की, स्व.हिराकुमारी कार्की र स्व.अर्जुन कुमार कार्की) को नाउमा विद्यालयमा स्थापना गरेको छात्रवृत्ति कोषका संस्थापक हुन् ।

प्रतिक्रिया दिनुहोस्