चर्को व्याजविरुद्ध व्यवसायी सडकमा



हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले बैंकको चर्को व्याजविरुद्ध शुक्रबार हेटौंडा बजारमा विरोध ¥यालीसहित प्रशासनलाई ज्ञापनपत्र दिएको छ ।

भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता अकल्पनीय परिस्थितिले नेपाली अर्थतन्त्रमा गम्भीर चोट पुग्नुका साथै बढ्दो महंगी र आर्थिक मन्दीले नेपाली अर्थतन्त्र श्रीलंकाजस्तो दुर्घटनामा नपरोस् भन्ने चिन्ता रहेको पेश गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

बस्तु तथा सेवाको व्यापारमा निरन्तर गिरावट आइरहनु, वडादशैंको संघारमा आइपुग्दासमेत चहलपहल नबढ्नुले उद्योगी÷व्यवसायी र नागरिकको व्यापार तथा क्रयशक्तिमा परेको दुष्प्रभावका रुपमा संघले चित्रण गरेको छ । नेपाल सरकारलाई ठोस समाधानको मार्ग पहिल्याउन ज्ञापनपत्रमार्फत् ध्यानाकर्षण गराइएको छ ।

राज्यलाई करमार्फत् योगदान गर्ने उद्योग÷व्यवसाय क्षेत्रलाई संकटको घडीमा संरक्षण आवश्यक भएको जनाइएको छ । राज्यले बेवास्ता गरे उद्योग÷व्यवसाय धरासयी हुने र लगानीकर्ता निरुत्साहित हुनुका साथै राष्ट्रिय ज्ञान तथा पु“ूजी पलायन भइ राज्यलाई अपुरणीय क्षति हुनसक्ने भएकाले सरकारबाट उपयुक्त पहलका लागि अनुरोध गरिएको छ ।

हालको चिन्ताजनक अवस्थामा बैंकिङ क्षेत्रलाई बेलगाम छाड्नाले उद्योग÷व्यवसाय क्षेत्र र आमनागरिकको संकट थप चुलिने सम्भावना बढ्न सक्नेतर्फ सचेत गराइएको छ । चर्को बैंकव्याजको भार उद्योगी÷व्यवसायी तथा सर्वसाधारणलाई दिइरह“दा नियामक निकाय संवेदनशील हुनुपर्ने संघले जनाएको छ । संकटको समयमा सन्तुलित नियमन राज्यले गर्नुपर्ने र बैंक व्याजदर एक अंकमा सीमित गर्नुपर्ने संघको माग छ ।

बैंकले समस्याको समयमा नाफामात्र नहेरी जिम्मेवार हुन संघले अनुरोध गरेको छ । उद्योग÷व्यवसाय क्ष्ँेत्र ध्वस्त भए त्यसको स्वभाविक दुष्प्रभाव बैंकिङलगायत सबै क्ष्ँेत्रमा पर्ने भएकाले सबैको दीगो र सुदृढ भविष्य सुनिश्चितताका लागि सरकार तथा सबै जिम्मेवार निकायप्रति सुखद् परिणाममुखी पहलकदमीका लागि संघले ज्ञापनपत्रमार्फत् अनुरोध गरेको छ ।

संघ अध्यक्ष कृष्णकुमार गुप्ताको नेतृत्वमा संघआवद्ध बिभिन्न बस्तुगत संघ अध्यक्ष तथा प्रतिनिधि र उद्योगी÷व्यवसायीको सहभागितामा हेटौंडा–२ स्थित पल्पसापरिसरबाट शुरु भएको ¥याली नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा ज्ञापनपत्र बुझाएर अध्यक्ष गुप्ताबाट मन्तव्यपश्चात् कार्यक्रम समापन गरिएको थियो । ¥यालीमा बिभिन्न नारासहित प्लेकार्ड र हातमा कालोपट्टी बा“धी शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको थियो ।

ज्ञापनपत्र हस्तान्तरणपछि संघ अध्यक्ष गुप्ताले यो प्रारम्भिक चरणको विरोध कार्यक्रम रहेको र समाधानका लागि ठोस पहल नभइ समस्या गहिरिने अवस्था आए थप सशक्त विरोधका कार्यक्रम गर्नुपर्ने भएकाले तयार रहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्