सुरक्षा योजना नारामा सिमित नहोस



नेपालीहरुको महान चार्ड दशै, तिहार, छठ लगायत चाड शुरु हुन लागेको छ । यसै परिप्रेक्षमा सुरक्षा निकायले चाड लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याएका छन ।

सुरक्षा योजना लागु गरेपनि त्यसलाई कार्यान्वयन गर्ने निकाय र स्थानीय जनताबीच समन्वय हुन जरुरी छ । सुरक्षा निकायको साथ र सहयोग लिएर सुरक्षा योजना पालना गर्नु सबैको कर्तब्य नै हो । चाडवाड शुरु भएपछि घर छाडेर बाहिर जानेको संख्या नेपालमा थुप्रै छन ।

घर जाँदा प्रहरीलाई जानकारी दिने, किनमेल गर्न सपिङ मल, बजार वा अन्य स्थानमा जादा सकभर रकम नलिइ जाने बानी बसाल्नु उचित हुन्छ । लुटपाटबाट जोगिन नगद रकम नबोक्न प्रहरीले आग्रह गरिसकेको छ । चाडवाडमा किनमेल गर्दा विद्युतीय भुक्तानी मार्फत गर्न आग्रह गरेको छ । रकम बोकेर किनमेल गर्दा चोरी हुने सम्भावना बढेपछि स्थानीय प्रशासनले समेत नगद रकम नबोक्न आग्रह गरेको छ ।

गृह मन्त्रालयको निर्देशनमा ७७ वटै जिल्ला प्रहरी कार्यालय र उपत्यकाको हकमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले चाडवाड लक्षित सुरक्षा योजना लागू गसिकेको छ । सुरक्षा योजना लागू भएपछि हामी ढुक्क छौ, भन्ने भावना नभै प्रहरीकै सल्लाहमा संगसंगै सुरक्षा व्यवस्था कार्यान्वयन गर्नु स्थानीयको दायित्व पनि हो । बढी भिडभाड हुने क्षेत्रमा बिहान ६ देखि बेलुकी ७ बजेसम्म गस्ती गर्ने , मुख्य चोक, सपिङ मल, गहना पसल, बैक तथा वित्तीय संस्था लगायतका क्षेत्रमा आवश्यकताको आधारमा २४ सै घण्टा प्रहरी परिचान गरिने गरी योजना सार्बजनिक गरिएको छ ।

घर खाली भएको मौका छोपेर दिउसै चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न एम्बुसिङ टोली परिचालन गरिसकेको छ । प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएर मात्रै व्यवस्थित रुपमा जनता सुरक्षित हुनसक्छन । हुन त प्रहरीले क्विक रेस्पोन्स टिम( क्युआरटी) नाकासिल, कर्डन एण्ड सर्च, सादा पोशाकका प्रहरी परिचालन, साइकल , मोटरसाइकल गस्ती र कालोबजार नियन्त्रण गर्न प्रहरी परिचालन गरिसकेको छ । त्यतिले मात्रै पुग्दैन स्थानीय सामुदायिक प्रहरी साझेदारी अन्तर्गत पर्चा पम्प्लेट वितरण गरेरपनि सुरक्षा सचेतना दिन सकिन्छ भन्ने विषयमा ध्यान दिनु आवश्यक छ ।

जुवाता नियन्त्रण, जथाभावी हुलहुज्जन गर्ने माथी कारबाही, चोरी गरेर भाग्ने, गुण्डागर्दी नियन्त्रण गर्ने सबै जिल्लाले प्रहरी परिचालन गर्ने योजना बनाएर लागू गरेको छ । प्रहरीले गरेको सुरक्षालाई सबैले सहयोग गरेपछि मात्र चाडवाडमा पुर्ण सुरक्षाको प्रत्याभुति दिन सकिन्छ ।

प्रहरी संगै स्थानीय तह, प्रदेश सरकार र संघले समेत सुरक्षा योजना बनाएर कार्यान्व्यन गराउन पहल गर्नुपर्ने देखिन्छ । होइन भने प्रहरीले सुरक्षा योजना सार्वजनिक गर्ने अनि हरेक दिन चोरी, लुटपाटको घटना बढ्नाले समस्या समाधान हुन हुदैन । त्यसकालागि तत्काल, अत्यावश्यक र आवश्यकताको आधारमा पुर्ण रुपमा आफ्ना नागरिकलाई सुरक्षा दिन कुनै कसर बाँकी राख्न हुदैन । त्यसकालागि सबैको साथ र सहयोग जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्