बेलायतबाट नेपालको भाउ छनौट



लघु फिल्म भाउ (कस्ट अफ लिभिङ) बेलायतको फस्ट टाइम फिल्म मेकर सेशन्स एट् पाइनउड स्टुडियोजको छनोटमा परेको छ।

करियर बनाउन चाहने जो कोहीको लागि लन्चप्याड सिर्जना गरि खोलिएको लिप्mट अफ ग्लोबल नेटवर्कको सदस्यहरूको साइट हो। यो लघुफिल्ममा लामो समयदेखि फिल्म तथा टेलिफिल्ममा अभिनय गरी लोकप्रियता कमाउँदै आएका अभिनेता सुवासप्रसाद गजुरेलले प्रमूख भूमिकामा अभिनय गरेका छन्। उनका साथमा सुजिता शाह, रेनुका कार्की र सुमन थापाले पनि यसमा अभिनय गरेका छन्।

काठमाडौं र भक्तपुरमा छायांकन गरिएको भाउमा लेखन तथा निर्देशन रमोहन अभिलाषीको हरको छ भने छायांकन नारायण जिसीको रहेको छ। कवाडीवालाको कथा बुनिएको लघुफिल्ममा मानिसको जीवनको मूल्य र जीवन यापनको लागि हुने लागतलाई दर्शाउन खोजिएको लेखक तथा निर्देशक अभिलाषीले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्