महापुरुषको बेमौसमीमा एकसाथ बाबु छोराको प्रेम



जात्रा निर्देशक प्रदीप भट्टराईद्वारा निर्देशित फिल्म महापुरुषको राजधानीमा आयोेजित एक समारोहबीच दोस्रो गीत बेमा्रैसमी सार्वजनिक गरिएको छ।

आगामी कात्तिक ११ गतेबाट अल नेपाल रिलीज हुने फिल्मको गीतमा हरिवंश आचार्य र गौरी मल्लका साथ यसै फिल्मबाट डेब्युगरेका कलाकार अरूण क्षेत्री र अञ्जना बराईलीलाई फिचर्ड गरिएको छ। प्रेमिल भाव प्रस्तुत गीतमा दुई फरक पुस्ताको प्रेम देखाइएको छ। विवेक रसाइलीको निर्देशन, प्रमोद के भण्डारीको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको डिओपी र शेरबहादुर तामाङको सिनेमाटोग्राफी रहेको गीतमा राम अविरल विष्टको शब्द तथा एसडी योगीको संगीत र स्वर रहेको छ।

अभिनेता हरिवंश आचार्यले महापुरुष अहिले बजारले खोजिरहेको फिल्म भएको बताएका छन्। अहिले बजारले व्यावसायिकता र कलात्मक दुवै भएको फिल्म हेर्न खोजिरहेको छ। फ्यामली ड्रमाको यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेछु कार्यक्रममा हरिवंशको भनाइ थियो गीत छायांकन गर्दा धेरै रमाइलो भयो। यो हाम्रो उमेर समूहको व्यक्तिको अव्यक्त कथा पनि भन्न सकिन्छ। केहीले यसलाई व्यक्त गर्नु हुन्छ भने केहीले सक्नुहुन्न। त्यसैले यो कथाले हरेकलाई छुन्छु अभिनेता आचार्यको भनाइ थियो।

सार्वजनिक गीतमा हरिवंश र गौरीको अनस्क्रिन रोमान्स देखाइएको छ। अभिनेत्री गौरी मल्लले सबैले सक्दो प्रयास गरेको बताइन्। हास्य अभिनेता राजाराम पौडेलले प्रदीपका सिरीयल र जात्रै जात्रा र शत्रु गते फिल्ममा अभिनय गरेको तथा उनले हरेक पक्षमा सुक्ष्म ढंगले रस निकाल्ने चर्चा गर्दै फिल्म सशक्त बनेको बताए। फिल्मका निर्देशक प्रदीप भद्मराईले गीतमा बा र छोराको प्रेमलाई सँगसँगै देखाइएको बताए।

यसमा कुनै सन्दर्भमा बा र छोराको सँगसँगै प्रेम भयो भने के हुन्छ भन्ने देखाएको होु भद्मराईले भने हामी रमाइलो फिल्म बनाउने मान्छे भनेर चिनिएका छौँ। त्यो डेफिनेटली हुन्छ नै, त्यससँगै सोसाइटीमा वर्षौंदेखि जकडिएर बसेको गम्भिर विषयवस्तुलाई हल्का ढंगले भत्काउने फिल्म हो यो।

फिल्मका निर्माता तथा कलाकार बानियाँले २०७७ साल कात्तिक ७ गते रिलीज गर्ने योजना रहे पनि कोभिडका कारण लगाइ्रएको लकडाउनले गर्दा तीन वर्षपछिमात्र तयार पार्न पाएको तर कोभिडकै कारण स्क्रिप्mटमा मिहिन ढंगले थप मेहनत गर्न पाएको बताए। कोभिडका कारण थप मेहनत गर्न पाएकोले महापुरुष झन् राम्रो बन्यो भन्ने हामीलाई विश्वास छ। एकचोटी देख्न पाए हुन्थ्यो भन्ने कलाकारसँग सहकार्य गर्न पाउँदा हामीले आफूलाई भाग्यमानी ठानेका छौँ रवीन्द्र सिंह बानियाँले भने यसका कारण स्वदेशमा मात्र होइन, विदेशमा पनि फिल्मको माग बढेको छ।

षटकोण आर्टस्को व्यानरमा दिपेश खत्रीद्वारा निर्मित फिल्ममा निर्देशक प्रदीप भद्मराईकै लेखन रहेको छ। ख्यातिप्राप्त हास्व्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भुमिका रहेको फिल्ममा गौरी मल्ल, अरूण क्षेत्री, अञ्जना बराइली, रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भद्मराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्ज्वल लुइँटेललगायतले अभिनय गरेका छन्। अभिनेता रवीन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्ममा नवराज पराजुलीको गीत रचना, ऋदम कँडेलको संगीत, दीपक वज्राचार्यको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्