सवारी दुर्घटनामा ७ जनाको मृत्यु



हेटौंडा ।

मकवानपुरको भीमफेदीमा बिहीबार दिउँसो सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा. ३ ख ७८५८ नम्बर यात्रुबाहक बस भीमफेदी गाउ“पालिका वडा नम्बर–६, जुरिखेतको एघार घुम्तीको ओरालोमा करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजेन्द्रदेव पाण्डेले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार ५ जनाको घटनास्थमा मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा परेर मृत्यु भएकाको पहिचान खुल्न सकेको छैन । दुर्घटनाकोे पूरा विवरण आउन बा“की छ ।

दुर्घटनामा परेर दर्जनांै यात्रु घाइते भएका छन् । घटनास्थलमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमको टोली पुगेको थियो । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । घाइते २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

बसमा ३३ जना सवार रहेको प्रहरीले जनाएको छ ।प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी रहे पनि जानकारी बिना चिकित्सक एक सातादेखि सम्पर्कबाहिर रहेकाले केन्द्रमा घाइतेहरूको उपचारमा कठिनाइ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्