मकवानपुरको भीमफेदीमा बस दुर्घटना : ६ जनाको मृत्यु



मकवानपुर ।

मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनास्थलमा अहिले उद्धार कार्य चलिरहेको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।

बसका चालक फरार छन्। घटनाको थप विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस्