भारतमा मजदुरी गर्नेले पैसा र एचआईभी एड्स उपहार ल्याउँदा सबैलाई पीडा



काठमाडौँ।

नेपालीहरुले जीवन निर्वाहका लागि सिजनर रोजगारी खोज्न भारत जाने क्रममा अर्थसँगै एचआईभी एड्स पनि लिएर आउँछन् र श्रीमतीलाई पैसा र एचआईभी एड्सको उपहार दिन्छन् । रोजगारीबाट ल्याएको पैसाले दिने खुशी भन्दा एचआईभी एड्सले श्रीमती मात्र नभै सन्तानलाई समेत आर्थिक, सामाजिक र मानसिक रुपमा पीडित बनाउँने गरेको तितो यथार्थ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले व्यक्त गर्नुभयो ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र र स्वास्थ्य पत्रकार मञ्च नेपाल बिहीवार आयोजित एचआईभी एड्स तथा यौनरोगसँग सम्बन्धित भेदभाव न्यूनीकरणका लागि नागरिकको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा उहाँले उक्त भनाई राख्नुभएको हो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले सरकारको तर्फबाट एचआईभी एड्स पीडितलाई सहयोग हुने बताउँनुभयो । उहाँले समाजले पनि बुझ्ने गरी जनचेतना जगाउनु जरुरी भएको बताउँनुभयो ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटाले एचआईभी एड्सको औषधि खरिद गर्न दातासँग हात फैलाउँनुपर्ने अवस्था छ र मन्त्रालयलेनै केन्द्रलाई विभेद गरेको छ भन्नुभयो ।

कार्यक्रममा सेभद चिल्ड्रेनका प्रतिनिधि सुजन वन्त, स्वदेशी रायमाझी, एचएफ नेपालका अजिव प्रसाद पौडेल एफएचआईका राजेश खनाल, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव भिसा काफ्ले, सचिव संजिता खनाल लगायतले कार्यक्रम माथि प्रकास पार्नुभएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्