वीर अस्पताल परिसरका औषधि पसलमाथि चल्यो महानगरको डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको थियो ।

हिजो (बुधबार) महानगरले उक्त अस्पताल परिसरमा रहेका औषधि पसलका सटरहरू भत्काउन चेतावनी दिएपछि पसल धमाधम खाली गरिएको छ । पसलहरु खाली भएसँगै ती सटरमाथि महानगरले डोजर चलाएको छ ।

कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन शुरु गरेको छ । वर्षौँदेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर अस्पतालको नयाँ भवन परिसरमा रहेको सटरसहितको टहरा बनाएकोले हटाउन लागिएको कामपा प्रहरी प्रमुख (एसपी) राजुनाथ पाण्डेले बताए ।

उक्त अस्पताल अगाडि रहेका आरफ फार्मेसी, किरण सन्तोष फर्मा, आयुष फर्मा, हनुमान फर्मा, पवित्र प्रोग्रेस फार्मेसी, मेगन फार्मेसी, उपकार सेवा फर्मा र सत्यम् फर्माको सटरमाथि डोजर चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्