लक्ष्मी बैंकको पार्किङमा भेटिएको मर्सिटिज खेतानको घरमा



काठमाडौं । टुकुचा खुला गर्नेक्रममा शनिबार भेटिएको मर्सिटिज कार राजेन्द्र खेतानको घरमा भेटिएको छ । गाडी भेटिएपछि राजावादी र अन्यले राजाले चढ्ने मर्सिटिज कार लुकाएको बताएका थिए । गाडी संकलनमा सोखिन खेतानले नेपालमा मर्सिटिज भित्र्याउने शिवसम्शेर थापाले राजपरिवालाई सिकाएको सो मर्सिटिज खेतानको कार्यालयमा भेटिएको थियो ।

क्रेनले उठाएर लैजाने क्रममा खेतानले सो गाडी सानेपा स्थित घरमा राखेका थिए । काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले सो गाडी किन खेतानको निजी निवासमा लगियो ? भन्ने विषयमा अनुसन्धान गरिने बताउनुभयो । जय नेपाल सिनेमा घर नजिक गाडीको ग्यारेज खोलेका थापाले राजपरिवारलाई गाडी सिकाएपछि ग्यारेजमा राख्ने गरेका थिए ।

सरकारी नम्बर प्लेट रहेको सो सवारी साधन कस्ले प्रयोग गर्ने गरेको थियो भन्ने विषयमा कसैलाई जानकारी छैन । दरबारको गाडीमा सरकारी नम्बर प्लेट नहुनेस्रोतले भन्यो । स्रोतका अनुसार पुर्व राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाडेपछि सो भवन परराष्ट्र मन्त्रालयको मातहतमा थियो । त्यहीबेला सो गाडी सरकारी नम्बर प्लेट गरी लक्ष्मीबैकको पार्किङमा राखिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्