भारतमा चर्चित हास्यकलाकार राजु श्रीवास्तवको निधन



काठमाडौं ।

भारतका चर्चित हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । गत अगस्ट १० मा जिममा कसरत गर्ने क्रममा राजुलाई हृदयघात भएको थियो ।

भारतीय सञ्चारमाध्यम इन्डियाडटकमका अनुसार दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको हो । मुटुमा धेरै अवरोध भएको रिपोर्ट आएपछि दिल्ली एम्सका चिकित्सकको टोलीले राजुको एन्जियोग्राफी गर्ने निर्णय गरेको थियो ।

 विगतदेखि भेन्टिलेटरमा मृत्युसँग लडिरहेका राजु श्रीवास्तवले आज संसार त्यागेका छन्। उनले मैने प्यार किया, बाजीगर, वाह तेरे क्या कहेना, बाम्बे टु गोवा, आम्दानी अठनी खर्च रुपैयाँ, मै प्रेम की दिवानी हुँ जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्