भाल्भेर्डेलाई उरुग्वेली वर्ष खेलाडी अवार्ड



लन्डन, (एजेन्सी)  ।

स्पेनिस क्लब रियल मेड्रिडका मिडफिल्डर फेडरिको भाल्भेर्डेले उरुग्वेली वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् । उनले उरुग्वेको सबैभन्दा प्रतिष्ठित र ४९ वर्ष पुरानो चाररुआ डे ओरो एथ्लिट अफ दि इयर अवार्ड जितेका हुन् । २४ वर्षीय भाल्भेर्डेले गत सिजनदेखि रियलमा लगातार उच्च प्रदर्शन गरिरहेका छन् ।

उनकै उच्च प्रदर्शनमा रियलले गत सिजन च्याम्पियन्स लिग र स्पेनिस ला लिगाको उपाधि जित्न सफल भएको थियो ।च्याम्पियन्स लिगको फाइनलमा भोल्भेर्डेकै पासमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई कीर्तिमानी १४औं च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएका थिए ।

यो सिजन पनि भाल्भेर्डेले सबै रियलका लागि यो सिजन सबै ९ म्याच खेल्दा चार गोल र दुई असिस्ट दिइसकेका छन् । रियलका लागि उनले पाँच सिजनमा १ सय ५७ खेलमा १० गोल गरेका छन् । सन् २०१७ देखि उरुग्वेको राष्ट्रिय टोलीमा रहेका भाल्भेर्डेले ४२ खेलमा चार गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्