दलले कलाकारलाई प्रयोग मात्र गरे : रायन



नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संविधान दिवसको सन्दर्भमा नक्सालस्थित नवनिर्मित कार्यालयको सभाहलमा नेपालको संविधानः नेपाली संगीत, नाट्य, कलाको संरक्षण र संवद्र्धन विषयक परिचर्चा कार्यक्रम आयोजना गरेको छ।

प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) ले कार्यक्रमको ब्यानर वाचन गरेर शुभारम्भ गरेको कार्यक्रममा प्रमुख अतिथि संविधानविद् भीमाजर्नु आचार्यले नेपालको वर्तमान संविधानमा नेपाली संगीत, नाट्य तथा कलाको संरक्षण र संवद्र्धनमा के-कस्तो व्यवस्था छ भन्नेबारे प्रकाश पार्दै नागरिकले संविधान र कानुन जान्नैपर्ने तथा यसको अज्ञानता क्षम्य नहुने बताए।

आचार्यले संविधान निर्माणमा आफू प्रत्यक्ष रूपमा संलग्न रही संगीत, नाट्य, कला साहित्यलाई कुनै ठाउँमा सम्बोधन गर्नुपर्ने प्रस्तावमा छलफल गरे पनि राज्यको निर्देशक सिद्धान्तमा धर्म, संस्कृति, संस्कारजस्ता पदावलीको प्रयोग भए पनि संगीत, नाट्य र साहित्यलाई छुद्मै धाराको व्यवस्था नगरेर राजनीतिक नेतृत्वले बेवास्ता गरेको बताए।

संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले नेपालको संविधानमा संगीत, नाट्य कला साहित्यलाई समाहित गर्न कञ्जुस्याईं गरेकोमा मन कुँडिएको जनाउँदै त्यसका लागि पहल गरेको तर, नीति-निर्माताले वास्ता नगरेको स्मरण सुनाए।

कार्यक्रम समापन गर्ने क्रममा कुलपति श्रेष्ठले नेपालको राजनीतिक दलले कलाकारलाई प्रयोग मात्र गरेको जनाउँदै देशमा समाज परिवर्तन र अग्रगमनका लागि राजनीति कर्मीभन्दा ठूलो योगदान स्रष्टा र कलाकारको भएको बताए।

प्रतिक्रिया दिनुहोस्