जापानमा नानमाडोल आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु



जापान ।

जापानको दक्षिणपश्चिमी टापु क्युसुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

नानमाडोल आँधी सोमबार बिहान एक सय २६ किलोमिटर प्रति घण्टा हावाको गतिमा फुकुओका सहरमा पुगेको जापान टाइम्सले जनाएको छ । यस क्षेत्रका केही भागहरुमा चार सय मिलिमिटर वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान एजेन्सीले बताएको छ । यस आँधीको कारण मङ्गलबार होन्सुको ठूलो भूभागमा भारी वर्षा हुनुका साथै बाढी र पहिरोको जोखिम हुने अनुमान समेत गरेको एजेन्सीले जनाएको छ ।

जापानको मौसम विज्ञान एजेन्सीले टोकियो र छेउछाउको ठाँउहरू कानागावा प्रान्तको लागि बाढी आउन सक्ने चेतावनी जारी गरेको छ । यद्यपी क्युशुको ठूलो भाग र उत्तरपूर्वी प्रान्तहरू बाढीको चेतावनीमा थिए ।

प्रतिक्रिया दिनुहोस्