रामेछाप अस्पतालमा ब्लड बैंकको स्थापना



रामेछाप ।

रामेछाप अस्पतालमा ब्लड बैंकको स्थापन भएको छ । सोमबार संविधान दिवसको अवसर पारेर रामेछापमा पहिलो पटक ब्लड बैकको स्थापन भएको छ ।

संविधान दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेर रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले ब्लड बैकको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख न्यौपानेले रगत अभाव हुँदा नागरीले चरम समस्या भोग्नु परेकाले जिल्ला अस्पतालमै ब्लड बैंकको स्थापना गरेको बताउनुभयो ।

ब्लड बैक स्थापन भए सँगै अस्पतालमा आउने जटिल किसिमका बिरामीलाई आवश्यक पर्ने रगत अब सहज रूपमा जिल्ला अस्पतालमै उपलब्ध हुने जिल्ला अस्पताल रामेछापका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गगन अधिकारीले बताउनुभयो । दसैँ तिहारपछि जिल्ला अस्पतालमै डाइलसिस सेवा सुरु गर्ने तयारी भइरहेको समेत अधिकारीले बताउनु भयो ।

जिल्ला अस्पतालको संरचना सुदृढ गर्दै लैजाने अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । जिल्ला अस्पतालमै ब्लड बैंकको स्थापना भएपछि प्रसूति गराउने आमाहरू, दुर्घटनामा परेका घाइते तथा अपरेसन गर्नुपर्ने बिरामीको लागि तत्काल आवश्यक रगत व्यवस्था गर्न सहज हुने अध्यक्ष पाख्रिनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्