भक्तपुरमा इन्द्रजात्रा सात दिनका सात विशेषता



प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ

नेपालमण्डलको सांस्कृतिक मूल थलो भक्तपुर हो । यस कुराको एउटा उदाहरण कान्तिपुरको इन्द्रजात्रालाई नै लिऊ । भक्तपुर, चित्तपोलस्थित सल्लाघारी वनको सल्लाको सुरिलो रूखले कान्तिपुरमा मनाइने इन्द्रजात्राको इन्द्रध्वजोत्थानको यःसिँ तयार हुन्छ जसको अभावमा कान्तिपुरको इन्द्रजात्राको कल्पनासम्म पनि गर्न सकिन्नँ ।

नेपाल किंवदन्तीको पनि देश हो । नेपाल नै एक यस्तो देश हो जहाँ चाडपर्व एवं जात्राहरू किंवदन्तीलाई आधार मानेर चलेका देखिन्छन्, मानौं जात्रा चाडपर्वको आत्मकिंवदन्ती नै हो । इन्द्रजात्रा पनि यस कुराको एक सुन्दर उदाहरण हो । यस बारेमा नेपालमण्डलका जो सुकै रैथाने नेवारलाई सोध्दा उसले उत्सुक एवं आतुर भएर हामीलाई सुनाउने पहिलो कुरा यस विषयको किंवदन्ती नै हो जुन यस प्रकार छ:

गणेश चतुर्थीका दिनमा बसुन्धराले व्रत बस्दा पूजाका लागि चाहिने ‘खाइसि’ (कालीज्यामिरका जातिको एक किसिमको तीतो अमिलो फल) र पारिजातको फूल लिन उनका छोरा इन्द्र स्वर्गलोकबाट सुटुक्क पृथ्वीलोकमा झरे । उनले फलफुल चोरेको यहाँका जनताहरूले थाहा पाएपछि, उनलाई पक्री उनले चोरेका फलफुलसहित सबैले देख्ने ठाउँमा (दोबाटो-चौबाटो) उनलाई बाँधेर राखे । (इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यम्बद्यः उनै इन्द्र हुन् ।) छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि तिनी डाकिनीको भेषधारण गरी पृथ्वी आइन् । अनि तिनले शीत र हुस्सुले वातावरणलाई छोपी कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा भगाएर लगिन् । छोरालाई भगाउन तिनले स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याएकी थिइन् । पुलुकिसी त्यही हात्ती हो ।

भक्तपुरमा चलेको किंवदन्ती पनि उही नै हो । तर, यहाँ कयाधुपति इन्द्रको ठाउँमा उनका पुत्र जयन्त आउँछन् जसलाई ‘मूपात्र’ अर्थात् पृथ्वीका राजाले बाँधेका हुन्छन् । जयन्तलाई खोज्न ऐरावत हात्ती (पुलुकिसी) आउँछन् र इन्द्रलाई खबर गर्छन् । इन्द्र आएर जयन्तलाई उद्धार गरी लान्छन् ।

पहिलो दिन (भाद्रशुक्ल द्वादशी) ः ‘यम्बद्यः थानेगु’ – इन्द्रध्वजोत्थान ।

यस दिन बिहान सबेरै भक्तपुर शहरका प्रायः सबै टोलका मुख्य सडकका दोबाटो चौबाटोमा करिब १४-१५ फिटसम्म लामो काठको ‘यम्बद्यः’ विधिवत् उठाइन्छन् । किंवदन्तीका कुरा यम्बद्यःमा साक्षात्कार भएको देख्न पाइन्छ । इचाडोका शिल्पकारहरूको यम्बद्यः विधानलाई नै लिउँ। भक्तपुरमा हालसम्म पनि जीवन्त रही आएको प्राचीन परम्पराको एक दुर्लभ र आदर्श नमुनाको रूपमा उनीहरूको यस विधि विधानलाई लिन सकिन्छ । उनीहरूले पंक्तिबद्ध भई, हाथुद्यः (भैरव, इन्द्रको उग्र तान्त्रिक अवतार), गणेशर कुमार, यम्बद्यःको मुखाकृति र उनका हात, यःसिँलगायत पूजासामग्री लिएर इन्द्रध्वजोत्थान गरिने उनीहरूको परम्परागत स्थान: तेखाचोमा आइपुग्छन् । मूल सडकको उत्तरपट्टि ‘अमात्य’ थर धारीहरूको बासस्थान परिसरमा छत्रसहित हाथुद्यः,यम्बद्यः, कुमार र गणेशका काष्ठमूर्तिहरू विधिवत् रूपमा दक्षिणाभिमुख गरी राखिन्छन् । सिन्दूर र तेलले पोतेर ती मूर्तिहरू झिलिक्कै हुनेगरी सजाउँछन् ।

यता सडकको दक्षिण किनारमा केही शिल्पकारहरू यःसिँ (इन्द्रस्तम्भ) अर्थात् ‘यम्बद्यः’ उठाउन खाल्डो खन्न थाल्छन् । शिल्पकार नाइकेले विधिवत् हाथुद्यः,यम्बद्यःगणेश, कुमारहरूको पूजाकर्म गर्छन् । त्यसपछि यम्बद्यःको शीर्ष भागमा छत्रसहित यम्बद्यः-देवराज इन्द्रको मुखाकृति प्रतिष्ठापन गरी सो मुखाकृतिको पनि शिरमा ‘मूस्वाँ’ (चैत महिनातिर फुल्ने, औषधीय गुण भएको, मधुर बास्ना आउने एक प्रकारको पूmल)थुङ्गाहरूले सजिएको पहि-याएर सजाउँछन् । सो मुखाकृतिको तल बाहुभागमा यम्बद्यःका विपरीत दिशातर्फ सीधा पैmलिएका काष्ठनिर्मित हात जडान गर्छन् । ती हातका हत्केलामा खाइसि फल पनि झुण्ड्याएर राख्छन् ।

स्मरण रहोस् मूस्वाँ र खाइसि किंवदन्तीमा वर्णन भएअनुरूप, इन्द्र-जयन्तले चोरेका पारिजात पूmल र फलका प्रतीक हुन् । त्यसपछि इन्द्र-जयन्तलाई पाता कसेर बाँधेको प्रतीकका रूपमा शिरदेखि पाउसम्म धागो (डोरी)ले चतुष्कोणाकार हुने गरी नौ फन्को पारेर बेर्छन् । त्यसपछि यम्बद्यः वा भनौं यःसिँ-इन्द्रस्तम्भ खडा गर्छन् । यसरी यस दिनको इन्द्रध्वजोत्थान विधान सम्पन्न गरिन्छ । अनि जात्रा अवधिभर, नाइकेले नित्यपूजा र आरती गर्न आउँछन् ।भक्तपुरका अन्य स्थानहरूमा ‘यम्बद्यः थानेगु’ वा‘यम्बचा सानेगु’ भनेर गरिने इन्द्रध्वजोत्थान विधान इचाडोका शिल्पकारहरूले गर्ने जस्तै उस्तै रहीआएको देखिन्छ । यस दिन मेरा मित्र गणेश शिल्पकार र यो पंक्तिकार मिलेर भक्तपुरमा यम्बद्यः खडा गरिने स्थानहरूको सर्वेक्षण गरेका थियौं जुन यस प्रकार रहेको पायौं ः

उक्त प्रसङ्गमा इचाडोका शिल्पकारहरूले बाहेक अन्यत्र कतै पनि हाथुद्यः, गणेश र कुमारका मूर्तिहरू प्रदर्शनमा राखिएको देखिएन । खौमाताहा फल्चामा केही काल अघिसम्म पनि हाथुद्यःप्रदर्शनमा राख्ने गरिएको थियो । खौमामा पहिले दुईवटा यम्वद्यः खडा गरिन्थ्यो । त्यसै गरी तुलाछेँटोलस्थित त्रिपुरसुन्दरी पीठमा कर्माचार्यहरूले, ब्रम्हायणी देवगृहसामुन्ने प्रजापतिहरूले यम्वद्यः खडा गर्ने चलन वर्तमानमा लोप भइसकेको देखिएको छ ।कुरैकुरामा मैले इचाडोका मेरा मित्र राधेश्याम शिल्पकारलाई अनायासै सोधेँ ‘हाथुद्यः को हुन् ?’ उनले तत्काल उत्तर दिए ‘उनी यम्बद्यःकी आमा हुन् ।

’उनको उत्तर विचारणीय लाग्यो । हाम्रो साथमा अर्को मित्र विनोदराज शर्मा पनि थिए । उनले यसरी तर्क प्रस्तुत गरे ‘हाथुद्यः आकाश भैरवकै प्रतीक रहेको प्रतीत हुन्छ । हाथुद्यःको मुखाकृतिको मुखमा प्वाल छ भने त्यसलाई आकाश भैरव मान्न सकिन्छ, जसबाट ‘थ्वँहाय्केगु’ भनी जाँड प्रवाहित गरिन्छ र सो जाँड पिउन तँछाडमछाड चल्छ । जाँडलाई भैरवको प्रतीक पनि मानिन्छ । तर, हाथुद्यःको मुखमा प्वाल छैन भने त्यो यम्बद्यःको आमा वा भनौं इन्द्रको शक्ति हो ।’यम्बद्यः खडा गरिसकेपछि स्थानीय बासिन्दाहरू जनैपूर्णिमाका दिनमा, हातमा लगाएको जनै फुकालीयःसिँमा बाँध्न पुग्छन् । त्यसो गरेमा पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । त्यसै गरी यम्बद्यः उठाइसकेपछि स्थानीय टोलबासी-गुठीयारहरू ‘दलु खाय्गु’ भनी देवा झुण्ड्याई साँझपख बत्ती दिने चलन छ ।
दोस्रो दिन (भाद्रशुक्ल त्रयोदशी): ‘दिकु’ ।
यस दिनलाई यम्बद्यःको नित्यपूजा र आरतीबाहेक अरू विशेषपूजा नहुने हुँदा ‘दिकु’ (विश्राम) भनी मान्ने चलन छ ।
तेस्रो दिन (भाद्रशुक्ल चतुर्दशी):इन्द्रायणी जात्रा ।
इन्द्रजात्राको मुख्य दिन । साँझ परेपछि खौमाटोलस्थित इन्द्रायणी देवगृहबाट इन्द्रायणीलाई रथमा विराजमान गराई, ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग जात्रा गरी सिद्धपोखरीमा लाने चलन छ ।
शहरको शोभा बढाइरहेको एउटा प्राचीन पोखरी सिद्धपोखरी हो । यसको सर्वप्राचीन नाम‘इन्द्रदह’ हो । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नामइन्द्र दह रहेको धार्मिक विश्वास छ । यसलाई ‘ञँंकीदह’पनि भनिन्छ । यसै दहमा भाद्रशुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बाल्ने चलन छ ।

चौथो दिन (भाद्रशुक्ल पूर्णिमा): सिद्धपोखरी मेला

यस दिन भक्तपुरका बासिन्दाहरू ‘इन्द्रदह स्नान’ (ञँंकीदह स्नान) गर्न बिहानैदेखि सिद्धपोखरीमा जान्छन् र समय् चढाएर, खाएर ञँयापुन्हि मान्छन् । समय्बजिमा छ्वँय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काँक्रो विशेष रूपले खाने चलन छ । बेलुकी इन्द्रायणी देवीलाई पुनः रथमा विराजमान गराई बाजागाजासहित आधा देश परिक्रमा गराई देवगृह भिœयाइन्छ ।
पाँचौं दिन (आश्विनकृष्ण प्रतिपदा):
नित्य पूजा र आरती, आगामी दिनको तयारी ।
छैठौं दिन (आश्विनकृष्ण द्वितीया):
सलाँगणेश+ञाँमता+मूपात्रजात्रा
इन्द्रजात्रा उत्सवको यो दिन पनि विशेष महत्वको छ । यस दिनको मुख्य जात्रा ञाँमता+सलाँगणेश+मूपात्रजात्रा हुन् । ‘ञाँमता’ इन्द्रबत्ती हो । जात्राको शुभारम्भ हुने स्थान तचपाल टोल हो । यहाँ दतात्रय मन्दिर सामुन्नेको विशाल चोकमा जात्रा हेर्न ठूलो भीड उर्लेर आएको हुन्छ । साकुलान टोलका मानन्धरहरूले बाँसले बनेको त्रिशूल आकारको ञँमतालाई आ–आङ्खना तैल्यशाला (सः-साल)मा भैरवनाथका सामुन्नेमा राखी विधिवत् पूजा गर्छन् ।

यहाँ दुईवटा तैल्यशालामा यस्ता ञाँमता ल्याउने चलन छ । यता उनीहरूले ञँँमताको तान्त्रिक विधि विधान गर्दैगर्दा सँगैको सलाँगणेश मन्दिर सामुन्नेमा सो गणेशको जात्राको लागि पनि विमान रथ तयार पार्ने काम भइरहेको हुन्छ । ‘सलाँगणेश’ भक्तपुरका आदिगणेश हुन् । सँगसँगै यही तचपाल टोलमामूपात्र जात्राको तयारी पनि सोही समयमा एकसाथ भइरहेको हुन्छ । यसरी सबैतिरको संयोग र तालमेल मिलेपछि बाजागाजासहित सलाँगणेशको जात्रा चल्छ । तचपालटोलको खुला चोकमा पुगेपछि सँगसँगै सलाँगणेशलाई पछ्याउँदै आएको साकुलान टोलका मानन्धरहरूले सो गणेशलाई परिक्रमा गरी सोही गणेशको बत्तीले सामुन्नेमा रहेको भीमसेन महाराजको मन्दिरमा अभिमुख हुने गरी ञाँमता बाल्छन् ।

स्मरण रहोस् † कसैको घरतिर अभिमुख हुने गरी ञाँमता बाल्ने चलन छैन । र, बालेमासो घरका मानिसलाई ठूलो दशा लाग्छ, घरका मानिस मर्छन्, ठूलो अनिष्ट हुन सक्छ भन्ने जनविश्वास प्रचलित छ । यसैले सम्बद्ध मानन्धरहरू ञाँमता बालीजात्राताका देश परिक्रमा (नगर परिक्रमा) गर्दा बाटोमातेल सकिएर थप्नुपरेमा घरतिर नतेस्र्याई, दोबाटो, चौबाटोका खुला स्थानमा तेल थप्दै ञाँमता जात्रा चलाउने गर्छन् । त्यसपछि नगरका परम्परागत प्रदक्षिणा पथ हुँदै ञाँमता+सला गणेशको जात्रा–जुलुस चल्छ । पछाडि उनीहरूलाई पछ्याउँदै रातो पहिरनमा, खड्ग लिएका ‘मूपात्र’ (पृथ्वीका राजा) पनि दायाँ बायाँ आङ्खना दुई जना‘धिचा’ (अनुचर) हरूका साथ नगर परिक्रमा गर्छन् । ती मूपात्रले आङ्खनो सामुन्नेमा पर्न आएका दोबाटो, चौबाटोमा खडा गरिएका हरेक यम्बद्यःलाई तीनपल्ट घुमी उफ्रेर खड्गले प्रहार गरी आक्रोश पोख्छन् । मूपात्रको सो रोचक जात्रा हेर्न जात्रूहरूको ठूलो घुइँचो लाग्छ ।

मूपात्र ः मत्र्यलोकका राजा । जसरी स्वर्गलोकका राजा देवराज इन्द्रलाई आङ्खनो राज्यको चिन्ता छ उस्तै चिन्ता हाम्रा मूपात्र अर्थात् मत्र्यलोक-पृथ्वीलोकका राजा मूपात्रलाई । सदाकाल देश र देशवासीको सुख,शान्ति,समृद्धि, सुस्वास्थ्यलगायत सुरक्षाजस्ता संवेदनशील कुरामा चिन्ता गर्नु राजाको कर्तव्य हो । इन्द्रजात्रासित अभिन्न रूपले गाँसिएर आएको लोकप्रिय किंवदन्ती र तदनुरूप जात्रामा देखिने इन्द्र र मूपात्रको चरित्र एवं द्वन्द्वात्मक क्रियाकलापतिर दृष्टि दिँदा यी माथिका विशेषताहरू भएका, कर्तव्यनिष्ठ, नैतिकवान, राम्रो नराम्रो छुट्याउन सक्ने खुबी भएका असल राजा इन्द्र नभएर हाम्रा मूपात्र नै रहेछन् भन्ने प्रतीत हुन्छ ।

थाहै नदिई अरूको ठाउँमा गएर, कसैको सम्पत्ति सुटुक्क लिएर जान्छ भने त्यो चोर हो चाहे मान्छे हुन् वा देउता, स्वर्गका राजा इन्द्र नै किन नहुन् । मुला चोर पनि चोर, घोडा चोर पनि चोर, चाहे राजा होस् वा रङ्क । त्यही कुरा मागेको भए बरू बेस हुन्थ्यो, मनैदेखि मूपात्रले ससम्मान भारीका भारी नै दिएर पठाउँथे होला । चोरलाई जस्तै लखेटी लखेटी, भेट्टाईहालेमा तीन टुक्रा हुने गरी खड्गप्रहार गर्नुपर्ने जटिल अवस्था आउने थिएन । इन्द्रजात्राका विशेष तीन दिनमा दायाँ बायाँ धिचा-अनुचरलाई साथ लिएर खड्ग बोकेका मूपात्रले आङ्खनो सामुन्नेमा पर्न आएका यम्बद्यःहरूलाई खड््गले तीनपल्टसम्म प्रहार गर्ने र पुलुकिसिलाई पनि भेट्टाईहालेमा सिध्याइहाल्ने नियतले लखेट्दै जाने उनको क्रियाकलापहरूमा यिनै कुरा प्रतीकात्मक रूपमा, भाव अर्थमा बोध गराउन खोजेको आभास हुन्छ । इन्द्रजात्रामा मूपात्रको जात्रा हेर्दा मेरो मनको छालमा भने यी माथिका कुराहरू तरङ्गित हुन आउँछन् ।

सातौँ दिन (आश्विन कृष्ण तृतीया) ः
छुमा गणेश+ञाँमता+मूपात्र जात्रा
यस दिन चोछेँटोलका छुमागणेश र गोलमढी टोलका मानन्धरहरूको एउटा ञाँमतासहित देश परिक्रमा गरी जात्रा चलाइन्छ । मूपात्र पनि आङ्खना दुईजना धिचाहरू लिएर अघिल्लो दिनमा जस्तै नगरपरिक्रमा गर्दै सामुन्नेमा परेका यम्वद्यःहरूलाई खड्गले प्रहार गर्दै जात्रा गरी जान्छन् ।
आठौँ दिन (आश्विनकृष्ण चतुर्थी) ः
भैरवनाथको जात्रा+पुलुभैलद्यःजात्रा+ञाँमता जात्रा+पुलुकिसि जात्रा+मूपात्र जात्रा

इन्द्रजात्राको यो समापन दिन धूमधामसित मनाइन्छ । यस दिनमा टौमढी टोलका भैरवनाथलाई विमान रथमा विराजमान गराई देश परिक्रमा गरी जात्रा चलाइन्छ । सो जात्रामा तेखाचोका मानन्धरहरूले दुईवटा ञाँमता ल्याउँछन्, बुलुचाहिटीसामुन्ने चखुन्चा फल्चातिर अभिमुख गरी ञाँमता बाल्छन् ।अनि भैरवनाथको जात्रामा सरीक हुन पुग्छन् । सोही क्रममा भैरवनाथको मन्दिरको भित्तामा झुण्ड्याइराखेको पुलुभैलद्यः (मान्द्रोमा चित्रित मसान भैरव) को जात्रा पनि चलाइन्छ, ठाउँ–ठाउँमा छ्वाली बाल्दै नीलो पहिरनमा सेतो वर्णको पुलुकिसिको जात्रा पनि चलाइन्छ । अनि भैरवनाथ मन्दिरको मूलद्वारबाट खड्ग उठाएर बाहिरी दैधिचासहित भएर मूपात्रको जात्रा पनि चल्छ ।

निष्कर्ष र सुझाव

केही दशक अघिसम्म पनि नेपालमण्डलका नेवाःहरूले आङ्खनो परिचय दिनुपर्दा आङ्खनो ठाउँको सांस्कृतिक गरिमालाई अघि सार्ने गर्दथे । जस्तै ‘तपाईं कहाँको वाकुन ठाउँबाट आउनुभएको हो ?’ भन्नुको सट्टा ‘तपाईं कुन जात्रा मान्ने हँे?’ भनी सोधेर परिचय लिने दिने चलन लोकप्रिय थियो । त्यसको उत्तरमा इन्द्रजात्रा मान्ने भए सो व्यक्ति कान्तिपुरको, मत्स्येन्द्रनाथको जात्रा मान्ने भएमा ललितपुरको र त्यसै गरी विस्काःजात्रा मान्ने भए भक्तपुरकोरहेछ भनी पहिचान मिल्नेहुन्थ्यो । नेपालमण्डलका यी जात्राहरू तीनवटै शहरमामात्र नभएर अन्यत्र पनि मनाइन्छन् । तापनि यी तीन जात्राले तीन मूल शहरको विशिष्ट मूल–चिनारी पूर्वकालदेखि नैदिँदै आएको छ । जात्रा मात्रले पनि पहिचान मिल्ने हाम्रो लोकसंस्कृति अनुपम छ ।
इन्द्रजात्रामा निहीत दर्शन र यस विषयका पौराणिक आख्यानले प्रतीकात्मक रूपमा अतीतमा चलेको राजतन्त्र र गणतन्त्रबीचको संघर्ष अनि विजय र पराजयका कुरालाई पनि सम्झाइरहेको आभास मिल्छ । देवराज इन्द्र निरंकुश राजतन्त्रका प्रतीक थिए । गोपगणका नायक कृष्ण गणतन्त्रका प्रतीक थिए । इन्द्रजात्रा पर्व समारोह गर्न खोज्ने जनताहरूलाई उनले गोवर्धनको पूजा गर्न लगाए । रिसले चूर भएका महाराज इन्द्रले जन आक्रोसको दमन गर्न आकाशबाट असिना, पानी बर्साए । भाद्र महिनामा पर्ने हावाहुरी, मेघगर्जनसहितको असिना पानीले त्यही कुरा सम्झाउँछ । अनि श्रीकृष्णले गोवद्र्धन पर्वत नै उचाली इन्द्र दमनलाई समन गरे । यसरी इन्द्र अर्थात् राजतन्त्रको पराजय भयो र जनता जनार्दनको विजय भयो । दोबाटो चौबाटोमा सारा जनताले देख्नेगरी चोरलाई जस्तै पाता कसेर राखेको बन्दी इन्द्रको प्रतीक ‘यम्बद्यः’ले त्यही कुरा हरेक वर्षको इन्द्रजात्राताका झल्झली सम्झाइरहेको छ । जनताहरूले आङ्खनो अथाह शक्ति र महत्व बुझे । संस्कृति शिरोमणि हरिराम जोशी लेख्छन्:

भाद्र महिनादेखि कार्तिक महिनामा लाग्ने स्वाति चाड सम्मन् आकाशमा चङ्गा उडाई चङ्गा जुधाउने जुन परम्परा यहाँ प्रचलित छ त्यसलाई अनि देवराजका समर्थक औ विरोधीहरूका बीच घटित संघर्षको प्रतीकका रूपमा लिनु प्रासङ्गिक हुन आउँछ । उपर्युक्त संघर्ष अन्तमा देवराजको पराजय औ जनशक्तिको विजयमा समाप्त भएको थियो । जनताले आङ्खनो भाग्य आफूमै निहीत भन्ने कुरामा विश्वस्त भई ‘अहं ब्रम्हास्मि’को रूपमा वैदिक आदर्श अनुरूप वा≈य देवतालाई होइन स्वयं आङ्खनो हृदय पटलमा अवस्थित परमात्माको पूजा गर्न लागेका थिए, जुन नेपालका नेवार समाजमा प्रचलित म्हपूजालाई यसै तथ्यका परिप्रेक्षमा लिन सकिन्छ । इन्द्रको निरंकुश दमन कार्यबाट जोगिन सकेको हुँदा प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाको दिन गोवर्धनपूजा मनाउँछन् ।’

भक्तपुरमा मनाइने इन्द्रजात्रा आज पनि उहिलेको जस्तै चलेर आएको प्रतीत हुन्छ । तर, इन्द्रजात्राताका उठाइने यम्बद्यःहरू भने पहिलेका तुलनामा कम हुँदै, लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ । जस्तै, खौमामा पहिले दुईवटा यम्बद्यः उठाउने चलन थियो । त्यहाँअहिले एउटा मात्र उठ्ने गर्छ । तुलाछेँ टोलको त्रिपुरसुन्दरी पीठमा कर्माचार्यहरूले यम्बद्यः उठाउने चलनलोप भइसकेको छ । भक्तपुर राजदरबारको दक्षिणपट्टि ब्राम्हणहरूको परम्परागत बासस्थान छ । यम्बद्यःउठाउने चलनले सबै वर्ग-वर्ण र जातको प्रतिनिधित्व गर्दै आएको विदित हुन्छ । पुरोहित ब्राम्हणवर्गले यम्बद्यः नउठाए तापनि इपाछेँ आगमका ब्राम्हणहरूले भाद्रशुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थीसम्म आठै दिन इन्द्रजात्रामा ल्याइने देवीदेवता जात्रालगायत तलेजु भवानीलाई १६ वटा बत्ती बालेर आरती दिनुपर्ने चलन पनि लोप भइसकेको छ ।

ब्रम्हायणीद्यःछेसामुन्ने प्रजापतिहरूले यम्बद्यःउठाउने चलन पनि हराइसकेको छ । यसरी इन्द्रजात्राकै यी केही उदाहरणले पनि अतीतको समृद्ध नेवाः संस्कृति वर्तमानमा सुस्केरा हाल्दै चलिरहेको रहेछ भन्ने आभास हुन्छ । हाम्रो चिनारी हाम्रो संस्कृति हो । स्थलगत सर्वेक्षणका क्रममा देखिएको एउटा महŒवपूर्ण कुरा इचाडोका शिल्पकारहरू मिलेर काम गर्ने सामूहिक भावना, व्यवहार र संस्कार हो । भक्तपुरमा हाथुद्यः, गणेशर कुमारको प्रदर्शन उनीहरूले बाहेक अरूले गरेको देखिएन । उनीहरूले हजारौँवर्षदेखि चलिआएको आङ्खना पुर्खाका पालादेखिको इन्द्रजात्राविधानलाई आजसम्म पनिजसरी जस्ताको तस्तै सम्पन्न गरी आएका छन्त्यो अरूका लागि संस्कृति जोगाएर लाने प्रेरणाको स्रोत हुन सक्छ भन्ने कुरामा दुईमत नहोला ।

लोकजीवनले मूपात्रलाई राक्षसको रूपमा हेर्ने, बुझ्ने गरेको देखियो । यो कुरा विचारणीय छ । शायद इन्द्र देवताहरूका पनि राजा भएकोले होला । यसले त राजाको प्रतीक इन्द्रको विरूद्ध आवाज उठाउने, अन्यायको विरूद्धमा लड्ने देश र जनताका पक्षधर पनि राक्षस कहलिने भ्रम मानसिकतालाई दर्शाउँछ । माथि पनि यस कुराको चर्चा भइसकेको छ कि पृथ्वीलोकमा मात्र पाइने पूmल र फललिन स्वर्गका राजा इन्द्रले पृथ्वीलोकका राजा मूपात्रसित अनुमति लिनु पर्दथ्यो र लिएको भए शायद खुशी भएर,अझ धेरै फल र पूmल दिई पठाउँथे होलान् । तर इन्द्रले त्यसो गरेनन् । चोरले जस्तै उनले कसैलाई थाहै नदिई चोरेर लान खोजे । स्वर्गका राजा भएर के गर्नु र, आखिर इन्द्र पनि चोर नै ठहरिए ।

यसैले उनलाई उनले चोरेर लान खोजेको पूmल र फलसहित दुवै हातमा सप्रमाण समाउन लगाई दोबाटो चौबाटोमा सबैले देख्ने गरी पाता फर्काएर डोरीले बाँधी उभ्याएर राखे । देश र जनताको रक्षा गर्नु, सुख, शान्ति, अमनचैन कायम गरी देशलाई समृद्धितिर लानु राजाको कर्तव्य हो । हाम्रा मूपात्रले त्यही भूमिका निर्वाह गरेका छन् । यस अर्थमा उनी खराब र दुश्चरित्रका प्रतीक राक्षस कसरी हुन सक्छ र † कदापि हुन सक्दैन । उनी त यथार्थमा पृथ्वीलोकको रक्षा गर्ने, जनताको जीउधनको रक्षा गर्न खटिएका एक असल राजा हुन् । देवता हुँदैमा असल हुँदैन, राक्षस कहलिँदैमा खराब हुने होइन भन्ने कुरालाई बिर्सनु हुन्न । मलाई लाग्छ, इन्द्रजात्राले दिन खोजेको सन्देश पनि यही नै हो ।
नेपालमण्डलको सांस्कृतिक मूल थलो भक्तपुर हो ।

यस कुराको एउटा उदाहरण कान्तिपुरको इन्द्रजात्रालाई नै लिऊँ। भक्तपुर, चित्तपोलस्थित सल्लाघारी वनको सल्लाको सुरिलो रूखले कान्तिपुरमा मनाइने इन्द्रजात्राको इन्द्रध्वजोत्थानको यःसिँ तयार हुन्छ जसको अभावमा कान्तिपुरको इन्द्रजात्राको कल्पनासम्म पनि गर्न सकिन्नँ।अन्त्यमा, इन्द्रजात्राका बारेमा गहन अध्ययन अनुसन्धान हुनसकेमा म्हःपूजा र नेपाल संवत्का बारेमा आजसम्म पनि रहस्यमै रहेका धेरै कुराहरू समेत खुल्ने कुरामा शंका नहोला । कान्तिपुरको प्राचीन नेपालभाषा नाम ‘येँ’ पनि यम्बद्यः-इन्द्रस्तम्भ-इन्द्रजात्राकै पृष्ठ प्रसङ्गमा चलेको दृष्टिगोचर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्