१ महिना सवा अर्बको फलफुल आयात



काठमाडौं । 

चालु आर्थिक वर्र्षको पहिलो महिनामा १ अर्ब ३३ करोड ३७ लाख ९५ हजार रुपियाँको बराबरको २ करोड ४६ लाख ८६ हजार ५७७ किलो फलफुल नेपाल आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा नेपालले ६९ करोड ८७ लाख ३८ हजार रुपियाँको स्याउ, ७ करोड ८६ लाख ३६ हजार रुपियाँको केरा, ५ करोड ६४ लाख ३ हजार रुपियाँको भुइँकटहर, १ करोड १५ लाख २८ हजार रुपियाँको एभोकाडो, १८ करोड ५ लाख ६९ हजार रुपियाँको आँप र अम्बा नेपालले आयात गरेको छ ।

सोही अवधिमा नेपालले विभिन्न देशबाट ८७ लाख ५५ हजार रुपियाँको सुन्तला, ५ करोड २० लाख ८१ हजार रुपियाँको खरबुजा, ३ करोड २७ लाख ७४ हजार रुपियाँको मेवा, १० करोड २ लाख १ हजार रुपियाँको अनार आयात गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालले १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपियाँको विभिन्न फलफुलहरू विदेशबाट आयात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्