कमेडी क्लब विथ च्याम्पियन्सले मनायो २५ भागको खुसियाली



नेपाल टेलिभिजन र ओएसआर डिजिटल येुट्युब च्यानलबाट प्रसारण हुँदै आएको चर्चित कमेडी रियालिटी शो कमेडी क्लब विथ च्याम्पियन्सको टिमले २५ भाग पूरा भएको अवसरमा खुशियालाी मनाएको छ । टिमले प्रसारणको २६ भाग पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खुसियाली मनाएको हो ।

शोका निर्देशक विशाल भण्डारीले सुरुवातमा कार्यक्रमलाई अघि बढाउन केही गाह्रो भए पनि अहिले दर्शकको माया पाउँदा खुसी लागेको बताए । सुरुवातमा युट्युबमै भ्यूज नपाउँदा समस्या भए पनि अहिले हरेक शो १० लाखभन्दा बढीले युट्युबमा हेरेको भन्दै उनले नयाँ नयाँ सोचका साथ शोलाई अघि बढाउने योजना सुनाए ।

प्रमुख अतिथीको रूपमा पुगेका हास्य कलाकार दीपकराज गिरीले शोका कलाकारको प्रगति लोभलाग्दो भएको चर्चा गरे । पहिलो भागमा म अतिथिको रूपमा पुगेको थिएँ । सो समयमा कलाकारले मलाई हसाँउन सकेनन् । तर, अहिले शो गज्जब तरिकाले अघि बढिरहेको छ । यो शोमा सहभागी भाइबहिनीको प्रगति देखेर खुसी लागेको छ, गिरी भने ।

शोकी अध्यक्ष दीपाश्री निरौलाले पनि नयाँ पुस्ताले कमेडीलाई नयाँ तरिकाले अघि बढाएकोमा खुसी व्यक्त गर्दै पारिवारिक वातावरणमा रमाइलो शैलीमा काम गर्ने गरेको बताइन् । कमेडी क्लब विथ च्याम्पियन्सको अबका भाग कमेडियन विक्की अग्रवालले निर्देशन गर्ने जानकारी पत्रकार सम्मेलनमा गराइएको छ । १० भागसम्म विक्कीले नै निर्देशन गरेको शोको बा“की भाग विशालले अघि बढाएका थिए ।

शोमा सुमन कार्की, कैलास कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल, मेक्सम गौडेलले आफ्नो प्रस्तुति दिँदै आएका छन् । कि एड्भटाइजिब र थर्ड आई प्रोडक्सनद्वारा निर्मित शो आगामी वर्षको असार मसान्तसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्