गठबन्धमा सिट बाँडफाँड अघि देउवा–प्रचण्डबीच वार्ता



काठमाडौं
आसन्न निर्वाचनमा गठबन्धन दलहरुबीच सिट बाँडफाँड गर्न बैठक बस्नु अघि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।
आजै दिउँसो बाँडफाँटबारे कार्यदलमा शीर्ष नेताहरूसहित छलफल हुँदैछ। गठबन्धनमा सबैले धेरै सिट दाबी गरेपछि टुङ्ग्याउन गाह्रो भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्