मध्यरातमा प्रहरी र डाँकाबीच दोहोरो गोली हानाहान



काठमाडौं । उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच बारामा मध्यरातमा दोहोरो भिडन्त भएको छ ।
भिन्डतमा एक प्रहरी नायब निरीक्षक घाइते भएका छन् ।

जीतपुरसिमरा–२३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीबीच दोहोरा गोली हानाहान भएको थियो । प्रहरी टोलीले दुई जना डाँकालाई पक्राउ गर्न सफल भएको खबर छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्