एमालेको पक्षमा जनमत आउने गरी निर्वाचनमा लग्न ओ‌लीको निर्देशन



काठमाडौँ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिएका छन्।

शुक्रवार ललितपुरको च्यासलमा अवस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा जनमत एमालको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिएका हु्न्।

उनले जनता अलमलमा पर्नसक्ने भन्दै उनीहरुलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताहरुको काँधमा रहेको बताए।

उनले जनमत एमालेको पक्षमा पार्ने र सो जनमतको रक्षा गर्न आवश्यक तरिका र उपायहरु अवलम्वन गर्न निर्देशन दिए।

अध्यक्ष ओलीले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि प्रभावकारी भूमिका खेल्न पनि आग्रह गरे। निष्पक्ष निर्वाचन गराउन सरकारलाई दबाब दिनुपर्ने बताउँदै उनले सम्बन्धित निकायलाई बेठिक काम गर्न रोक्नुपर्ने पनि उल्लेख गरे।

 

प्रतिक्रिया दिनुहोस्