अध्यक्ष ओली तीन दिन गृहजिल्ला झापामै रहने



काठमाडौं । अध्यक्ष ओली आज दिउँसो गृहजिल्ला झापा आउनुभएको हो । उहाँ तीन दिन झापाका पार्टी कार्यक्रममा व्यस्त रहनुहुने बताइएको छ । तीन साताअघि पनि उहाँ चार दिन झापाको पार्टी कार्यक्रममा सहभागी भएर राजधानी फर्किनुभएको थियो ।

उहाँको संसदीय क्षेत्रका प्रतिनिधि एवं एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार कचनकबल, बिर्तामोड, गौरादह, दमक र इलामको चुलाचुलीमा आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्