नेपालमा खाद्य सुरक्षासम्बन्धी सेमीनार सम्पन्‍न



काठमाडौं । नेपालमा खाद्य सुरक्षासम्बन्धी सेमीनार आज सम्पन्न भएको छ । विद्यमान नीति एवं कार्यान्वयन तहमा परिमार्जन गर्न उपयुक्त विषयहरुको विश्‍लेषणसहित सुझाव प्रस्तुत गर्ने उद्देश्य अनुरुप दुई दिने उक्त सेमीनार सम्पन्न भएको हो ।

राष्ट्रिय सुरक्षा परिषद्‍को सचिवालय र नेपाली सेनाको संयुक्त आयोजनामा बुधबारबाट जङ्गी अड्‍डामा संचालन गरिएको थियो । नेपालमा खाद्य सुरक्षा विषयक दुई दिने सेमीनारको माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले उदघाटन गर्नुभएको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा समापन भएको छ ।

समापन समारोहमा मन्तव्य राख्‍नु हुँदै प्रधानमन्त्री देउवाले खाद्य सुरक्षा जस्तो समसामयिक तथा महत्वपूर्ण विषयमा विषयविज्ञ र सरोकारवाला निकायका प्रतिनिधिहरुलाई सहभागी गराई आयोजित उक्त सेमिनारका लागि नेपाली सेना र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई हार्दिक धन्यवाद दिनु भएको थियो ।

मन्तव्यकै क्रममा उहाँले, नेपालमा पर्याप्त मात्रामा खाद्यान्न बाली र फलफूल तथा तरकारी जस्ता बागवानीजन्य वस्तु उत्पादन गर्न सकिने प्रशस्त सम्भावना हुँदाहुँदै पनि विदेशबाट आयात गर्नुपर्ने अवस्था चिन्ताको विषय रहेको जानकारी गराउँदै मुलुकभित्रै पर्याप्त मात्रामा खाद्यान्न उत्पादन गरी आन्तरिक खाद्य मागलाई स्वदेशबाटै पूर्ति गर्न सबै प्रयत्नरत हुन आवश्यक रहेको बताउनु भएको थियो ।

प्रेस विज्ञप्ति

१. खाद्य सुरक्षा सम्बन्धि समष्टिगत अवस्थाको मूल्याङ्कन, विद्यमान नीति एवं कार्यान्वयन तहमा परिमार्जन गर्न उपयुक्त विषयहरुको विश्‍लेषण गरी राय सुझाव प्रस्तुत गर्ने उद्देश्य अनुरुप श्री राष्ट्रिय सुरक्षा परिषद्‍को सचिवालय र नेपाली सेनाको संयुक्त आयोजनामा मिति २०७९ भाद्र ०१ गतेबाट जङ्गी अड्‍डामा संचालन भएको 'नेपालमा खाद्य सुरक्षा' विषयक दुई दिने सेमिनार आज मिति २०७९ भाद्र ०२ गते सम्माननीय प्रधानमन्त्री एवं रक्षामन्त्री श्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा समापन भएको छ ।

२. समापन समारोहमा मन्तव्य राख्‍नु हुँदै सम्माननीय प्रधानमन्त्री एवं रक्षामन्त्री देउवाले खाद्य सुरक्षा जस्तो समसामयिक तथा महत्वपूर्ण विषयमा विषयविज्ञ र सरोकारवाला निकायका प्रतिनिधिहरुलाई सहभागी गराई आयोजित उक्त सेमिनारका लागि नेपाली सेना र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई हार्दिक धन्यवाद दिनु भएको थियो । मन्तव्यकै क्रममा वहाँले, नेपालमा पर्याप्त मात्रामा खाद्यान्न बाली र फलफूल तथा तरकारी जस्ता बागवानीजन्य वस्तु उत्पादन गर्न सकिने प्रशस्त सम्भावना हुँदाहुँदै पनि विदेशबाट आयात गर्नुपर्ने अवस्था चिन्ताको विषय रहेको जानकारी गराउदै मुलुकभित्रै पर्याप्त मात्रामा खाद्यान्न उत्पादन गरी आन्तरिक खाद्य मागलाई स्वदेशबाटै पूर्ति गर्न सबै प्रयत्नरत हुन आवश्यक रहेको बताउनु भएको थियो ।

३. यसका साथै वहाँले, नेपालमै पर्याप्त मात्रामा उत्पादन गर्न सकिने खाद्यवस्तु समेत विदेशबाट आयात गर्नुपर्ने अवस्थाले व्यापार घाटा उच्च बन्दै गएको सन्दर्भमा नेपाल सरकारले कार्यान्वयनमा ल्याएका कृषि आधुनिकीकरण परियोजना, चैते धान र बर्षे धान प्रबर्द्धन जस्ता कार्यक्रमहरुबाट खाद्य सुरक्षा सम्बन्धी समस्या समाधान गर्न केही हदसम्म मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

प्रेस विज्ञप्ति नं:- ६
मिति:- २०७९ भाद्र ०२ गते
समय:- १८५० बजे ।

टेलिफोन:- ०१-४२४६१४०
ईमेल:- [email protected]
वेबसाईट:- www.nepalarmy.mil.np

४. नेपाली सेनाका प्रधान सेनापति, रक्षा सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्‍का संयोजक लगायत विभिन्न मन्त्रालयका सचिवहरु, नेपाली सेनाका रथीवृन्दहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षकहरु, खाद्य सुरक्षामा आबद्ध निकायका पदाधिकारीहरु तथा विज्ञहरु लगायतको उपस्थिती रहेको उक्त समापन समारोहमा प्रमुख अतिथि, सम्माननीय प्रधानमन्त्री एवं रक्षामन्त्री देउवाले उक्त सेमिनारका आयोजक, प्रस्तुतकर्ता र टिप्पणीकर्ताहरुलाई प्रशंसा पत्र तथा मोमेन्टो प्रदान गर्नु भएको थियो ।

५. यस किसिमको सेमिनारले सरोकारवाला निकायहरुलाई खाद्य सुरक्षाका विविध पक्षहरुका बारेमा जानकारी प्राप्त हुनुका साथै आगामी दिनहरुमा खाद्य सुरक्षा सम्बन्धी मार्गनिर्देशन गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्