पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना पुष्टि, ४२१ निको



काठमाडौं ।

देशभर थप ५४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय २४ जना र २ हजार ८४८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १८ जनामा गरी जम्मा ५४२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ७४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय २१ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७७ हजार ३५८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार २६५ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९० रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्