भित्रीवस्त्रमा लुकाइएको सुनसहित ४ जना प्रक्राउ



काठमाडौं । भित्रीवस्त्रमा लुकाइएको सुनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । दुबईबाट नेपाल आएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपालञ्चोक भोटेकोशी गाउँपालिका–१ का २४ वर्षीय सोमबहादुर बिक, सोही गाउँपालिका–५ का ३० वर्षीय धनबहादुर बिक रहेको प्रहरीले जनाएकाे छ ।

त्यस्तै मोरङ पथरी शनिचरे नगरपालिका–४ का २८ वर्षीय रिवाज गजमेर र धिन्धुली कमलामाई नगरपालिका–५ का २६ वर्षीय सागर न्यौपाने दुबईबाट नेपाल आउँदा भित्रीवस्त्रमा लुकाइ ल्याएको सुन बरामत गरिएको छ भने उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्