नेमोनिक र बुद्ध फाइनलमा



काठमाडौं  ।

नेमोनिक र बुद्ध ऐकडेमी पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) को हलमा भएको प्रतिस्पर्धामा नेमोनिकले युरोलाई ६८–३७ ले हरायो । नेमोनिकको जितमा प्रवेश तामाङले ३८ अंक योगदान गरे । निरन लामाको १७ अंक सहयोगमा बुद्धले प्रिमियरललाई ५३–४२ ले हरायो ।

गल्र्समा निस्ट र डाफोडिलले उपाधि भिडन्त पक्का गरे । निस्टले आयोजक बीआईएसमाथि ३०–२९ को कठिन जित दर्ता ग-यो । निस्टकी पूर्णिमा बरालले १६ अंक जोडिन् । डाफोडिलले द चाँदबाग स्कुललाई २७–२४ को साँघुरो अन्तरले पाखा लगायो । विजेताकी दावा फुटी शेर्पाले १० स्कोर गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्