संगीतमा तिज आयो



यथार्थ र बाध्यताको बीच उदासिएको, अनिश्चित आशा राख्दै रमाएको भावमा जन्मेको भन्दै तिज गीत तिज आयो सार्वजनिक भएको छ।

पृथिवी पारी, म, सहकारी, पूर्व जाने रेल, दूरी, मनका कुरा, जुनेली रात, तिमीले पनि सताउने, छैन मेरो सहारा, रुदा फर्की आउने भए, गल्ती मेरोलगायतका गीत बजारमा ल्याइसकेका गीतकार शंकर के राई, संगीतकार तथा गायक डीबी खड्का र गायिका बिनिता ढकाल सिम्रनु ले मार्मिक कथामा रोमान्टिक शैलीको तीज गीत भन्दै तीज आयो सार्वजनिक गरको हुन्।

कलाकार तथा नृत्यकारहरू रामभजन कामत, प्रकाश कलेल, सावित्री जीसी, गंगा धिमाल आचार्य, गायक डीबी खड्का र गायिका बिनिता ढकाल (सिम्रन) लाई फिचरिङ गरिएको यो गीतको भिडियो निर्देशक सुमन सागर जंग केसीले निर्देशन गरेका छन्। रियाशा इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको गीतको भिडियोमा प्रवेश पोखरेलको छायांकन र सुरेश राउतको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्