सैलुङको चिसो हावा ल्याए विकासले



समाजसेवी तथा हवाई व्यवसायी गायक विकाश राणाले आफ्नो नयाँ गीत शैलुङको चिसो चिसो हावाको भिडियो हालै सार्वजनिक गरेका छन्।

शशी विक्रम थापा र गणेश चौलागाईंको शब्द रचना तथा संगीत रहेको राणाको मेलोडियस गीतमा संगीत संयोजन शशी विक्रम थापाकै रहेको छ। गीतमा शैलगको सन्दर प्रकृतिसँगै सुन्दर युवतीको वर्णन गरिएको छ।

नितिन चन्दको निर्देशनमा बनेको गीतको भिडियोमा अभिनेता राजेश हमाल र अभिनेत्री वर्षा शिवाकोटीले अभिनय गरेका छन्। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोको छायांकन मनोज सुवेदीले गरेका छन्। सौखिन तिमल्सिनाले सम्पादन गरेको भिडियो विकाश राणाले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

राणा हालै आफ्नो संगीतमय समारोह विकास राणाको गीत यात्रामा प्रस्तुत भएका थिए। कार्यक्रममा राणाले प्रत्यक्षरूपमा आफ्नो आधा दर्जन गीत गाएर सुनाएका थिए। सो अवसरमा उनका ११ गीतको भिडियो सार्वजनिक गरिएको थियो। राणाले आगामी दिनमा आफूलाई गीत संगीत क्षेत्रमा समर्पण गर्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्