अभिनेता मल्ललाई दीर्घ साधना सम्मान



अभिनेता, निर्माता तथा निर्देशक कृष्ण मल्ल दीर्घ साधना सम्मानबाट सम्मानित भएका छन्। मनोरञ्जनका विभिन्न ७० विधामा अवार्ड प्रदान गर्दै गत मंगलबार राजधानीमा सम्पन्न दोस्रो नेसनल इन्टरटेनमेन्ट अवार्डमा मल्ललाई प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ञप्रचण्डु ले दीर्घ साधना सम्मानबाट सम्मान गरेका हुन्।

कार्यक्रममा पत्रकार ऋषि धमलालाई पत्रकारिता रजत सम्मान, सौन्दर्यविद् रश्मिला श्रेष्ठलाई नारी रत्न सम्मान, संगीतकार चेतन सापकोटालाई संगीतकर्मी रजत सम्मान, गायक तथा संगीतकार सुमित खड्कालाई राष्ट्रिय गायन सम्मान, गायिका तथा मोडल सुनीता गुरुङ, गायक तथा संगीतकार सुभाष प्रधान, नृत्यांगना एलिजीवा पुन, निर्माता तथा कलाकार लोचन थापा मगर र भिडियो निर्देशक बबिता श्रेष्ठलाई कला सम्मान, व्यवसायी भीमप्रसाद शर्मालाई व्यवसायी सम्मान, अभिनेत्री शान्ता तामाङलाई नारी सम्मान, फिल्म लेखक तथा निर्देशक माधवराज खरेललाई फिल्मकर्मी सम्मान, गीतकार तथा साहित्यकार माधव निर्दोष, गीतकार सामना शाह र पुरुषोत्तम सानुलाई स्रष्टा सम्मान, इभेन्ट निर्देशक निशुकान्त झालाई इभेन्ट डाइरेक्टर सम्मान, खेलाडी राम गोपालीलाई खेलाडी सम्मान, फोटोग्राफर च्याङबा लामालाई फोटोग्राफी विशेष सम्मान तथा गायक युवराज मगरलाई प्रमुख अथिति प्रचण्डले संगीतकर्मी सम्मानबाट सम्मानित गरे।

गीत संगीत प्रस्तुतिका साथ सम्पन्न कार्यक्रममा फिल्म एउटा यस्तो प्रेम कहानीबाट सुष्मा कार्कीलाई सर्वोत्कृष्ट फिल्म अभिनेत्रीको अवार्ड प्रदान गरियो भने डा.खातेबाट डा.आयुष्नोभा ढुगानाले क्रिटिक्स अवार्ड प्राप्त गरेकी छन्। त्यसैगरी, महादेव त्रिपाठी कमेडी एक्टर, बेगम नेपाली र अनुमति नेपाली कमेडी आर्टिस्ट, जीवन बल्कोटी सिरियल आर्टिस्ट, शंकरलाल श्रेष्ठ पाश्र्व गायन, गीता पौडेल सर्वोत्कृष्ट ब्युटिसियन, थानेश्वर गौतम र रानी शाक्य आधुनिक गायन, रविन लामिछाने वर्षको पपुलर शब्द, टेक अधिकारी, सविना मगर र अस्मिता परियार लोकआधुनिक गायन, शुभेच्छा मगर भारती पप आधुनिक भिडियो मोडल, डेल्विस दर्शनधारी लोक आधुनिक भिडियो मोडल, अस्मिता परियार लोकआधुनिक गायन, एलिसा शर्मा लोकआधुनिक भिडियो मोडल, सुजाता पाण्डे आधुनिक भिडियो मोडल, स्वस्तिका खड्का इन्करेजमेन्ट भिडियो मोडल अवार्ड, रश्मी राई लोकप्रिय आधुनिक गायिका, लक्ष्मण श्री आधुनिक गीत जुरी अवार्ड, रञ्जना सितिखु नेवारी म्युजिक भिडियो मोडल तथा अमृत भारती र वसन्त लम्साल लोकदोहोरी गायन जुरी अवार्ड विजेता भए।

त्यसैगरी, लक्ष्मण विश्वकर्मा लोकदोहोरी शब्द, यज्ञ विक लोकदोहारी नव गायक, राजन सुवेदी लोकदोहोरी गायन इन्करेजमेन्ट अवार्ड, सुनीता नेपाली लोकदोहोरी नवगायिका, स्माइल धिताल लोकदोहोरी मोडल, ईश्वर बाबुर समीक्षा भुजेल लोकदोहोरी नवमोडल, देवबहादुर परियार लोकदोहोरी पब्लिक च्वाइस अवार्ड, मदन केसी र सीता केसी युगल गायन, श्रीभक्त पौडेल गजल गीतकार, पारसमणी बराल र प्रभा बर्तौला गीतकार, रत्ना गुरुङ लोकप्रिय गीतकार, दीपक बसन्त कार्की डायस्पोरा गायक, कादम्बरी दाना श्रेष्ठ डायस्पोरा गीतकार, हरि उप्रेती डायस्पोरा लोकप्रिय गीतकार तथा ताराप्रसाद शर्मा नवगीतकारको विजेता भए।

फिल्म, टेलिसिरीयल, गीत संगीत, म्युजिक भिडियो, खेल, सौन्दर्यजस्ता मनोरञ्जनका विविध विधामा भएको अवार्ड कार्यक्रममा प्रहिल कार्की र तेनयाङ राना सरु म्युजिक भिडियो निर्देशक, आमोश तामाङ एरेन्जर, सिर्जन त्रिपाठी आधुनिक नब प्रतिभा, प्रेम सेन्चुरी र डेजी बराइली राष्ट्रिय भावको युगल गायन, कल्पना आङबुहाङ राष्ट्रिय भावको गीत, सन्त कमार राई राष्ट्रिय भावको भिडियो निर्देशक, रोमियन लिम्बू केसी राष्ट्रिय भावको मोडल, रोशनी केसी लोकप्रिय राष्ट्रिय भावको भिडियो निर्देशक, मानसराज पप गायक, राम स्याङतान काठे गीत लय, सन्तोष गिरी काठे गीत गायक, धनबहादर गरुङ बाँसुरीवादक, रुद्रसेन विश्वकर्मा भाषाभाषीको गीत (मैथिली), दीपक नेपाली नेवारी गीतकार, बालकृष्ण वाग्ले तीज गीत गायक, भवन लामा तिज गीत भिडियो निर्देशक, शिवराज भर्तेल पर्व गीत भिडियो निर्देशक र परशनारायण बोहरा प्लेयर एन्ड ट्रेनर अवार्ड विजेता भए।

कार्यक्रममा बोल्दै प्रमख अतिथि प्रचण्डले राष्टझलाई समृद्ध बनाउनका निम्ति कला संस्कृति र पत्रकारितासँगै विभिन्न क्षेत्रमा कार्यरत सबै श्रष्टाको ठूलो भूमिका रहेको चर्चा गरे। अवार्ड आयोजक सूर्य चन्दले मनोरञ्जनका विभिन्न क्षेत्रमा उत्साह छर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्