लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैयाको प्रसुति भवन



बुटवल । शहरी विकास मन्त्रालय अन्र्तगत संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले निर्माण गरेको प्रसुति भवन लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्तान्तरण गरेको छ ।

बुधबार शहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुुङले संयुुक्त रुपमा चारतले सुविधा सम्पन्न प्रसुति भवनको उद्घाटन गर्दै अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

प्रसुतिका लागि भरपर्दो मानिएको लुम्बिनीमा बेड अभाव भएको गुनासो आएपछि १५० शैयाको भवन निर्माण गरिएको हो ।शहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना तथा कार्यान्वयन इकाई रुपन्देहीले २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण गरेको हो । उद्घाटन समारोहमै मन्त्रीद्धयको उपस्थितीमा आयोजना इकाई कार्यालयले लुम्बिनी प्रादेशिक अस्पताललाई भवन हस्तान्तरण समेत गरेको छ ।

कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री मेटमणी चौधरीले प्रसुति भवनले बुुटवल र यसआपासका बिरामीहरुलाई ठूलो राहात पुुग्ने बताउनु भयो । उहाँले भवनको अधिकतम उपयोग गर्न अस्पताललाई आग्रह गर्नु भयो । अस्पतालले बिरामीहरुलाई सहज रुपमा सर्वसुलभ र गुुणस्तरीय सेवा दिनुपर्ने मन्त्री चौधरीले बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुुङले मुटुु,मृृगौला तथा क्यान्सर जस्ता रोगका कारण बर्षेनी ५ लाख नेपालीहरु गरिबिको रेखामा पर्ने गरेको तथ्यांक देखिएको बताउँदै अब सरकारी अस्पतालको सेवा गुणस्तरीय बनाउनुुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य मानव सेवा भएकाले भवन निर्माणले आमा र बच्चाको स्वास्थ्यमा गुुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे । मन्त्री खापुुङले सरकार नागरिकको स्वास्थ्यमा संवेदनशिल रहेको बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महानिर्देशन सुरेन्द्र मोहन श्रेष्ठ, शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रसुति भवन निर्माणले लुम्बिनीको सेवालाई गुणस्तरीय बनाउन टेवा पुुग्ने बताउनु भयो ।

कार्यक्रममा संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका प्रमुख रमेश थिङले २०७५ सालमा सम्झौता भएको भवन निर्धारित समयमै सम्पन्न भएको जानकारी दिर्नु भयो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले सुविधा सम्पन्न प्रसुति भवन बनेकाले यसले नागरिकलाई राहात पुुग्ने बताउनु भयो । उनका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा बार्षिक १३ हजारले प्रसुति सेवा लिन्छन् ।

प्रतिक्रिया दिनुहोस्