अपाङ्ग पुनःस्थापना केन्द्र रसुवा अस्पताललाई स्वास्थ्य सहायक उपकरण हस्तान्तरण



रसुवा । अपाङ्ग पुनःस्थापना केन्द्रले रसुवा अस्पताललाई शारीरिक अशक्तता व्यक्तिहरूका लागि स्वास्थ्य साहायक सामग्री तथा उपकरणहरू बुधबार निमित्त मेसु राजेश श्रेष्ठलाई पुनःस्थापना केन्द्र नेपालका अध्यक्ष गोरमेन नेकोर तामाङले हस्तान्तरण गर्नुभएको छ ।

अपाङ्ग पुनःस्थापना केन्द्र र ह्याण्डिक्याप ईन्टरनेशनलद्वारा सन्चालित परियोजना स्वास्थ्य र सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा बालवालिकाको पहुँचमा सहजिकरण परियोजनाको क्रियाकलाप एसिफाईब परियोजना अन्तर्गत सहायक सामग्री अस्पताललाई हस्तान्तरण गरिएको छ ।

अध्यक्ष गोरमेन नेकोर तामाङका अनुसार रसुवा अपाङ्ग पुनःस्थापना केन्द्र नेपालले विगतका वर्षहरूमा पनि अस्पताललाई सहयोग गर्दे आएको र यस पटक पनि स्वास्थ्य साहायक सामग्री तथा उपकरणहरू हस्तान्तरण गरिएको हो

बैसाशी, वेल्ट,सर्बाईकल कलर, शौँचकुर्सी लगायत ३० किसिमका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्